जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
खेलकुद


नेपाललाई सुरुवातमै झट्का, दिलिप नाथ दुई रनमै आउट


खेलकुद 36 पटक पढिएको


नेपाललाई सुरुवातमै झट्का, दिलिप नाथ दुई रनमै आउट


– विश्वकप छनोट अन्तरगतको पहिलो खेलमा जिम्बावेले दिएको ३८१ रनको विशाल लक्ष्य पछ्याएको नेपाललाई सुरुवातमै झट्का लागेको छ । ओपनर दिलिप नाथ तेन्दाई चतराले दुई रनमै आउट गरे ।

चार ओभरको समाप्तिमा नेपालले एक विकेट गुमाएर मात्रै १० रन जोडेको छ । अहिले क्रिजमा पारस खड्का र ज्ञानेन्द्र मल्ल रहेका छन् ।

यसअघि टस जितेर नेपाललाई पहिले फिल्डिङको निम्तो दिएको जिम्बावेले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै रन बनाएको हो ।

यो नेपालले पाएको सबैभन्दा ठूलो विजयी लक्ष्य हो । यसभन्दा अघि सन् २०१३ मा डिभिजन ३ अन्तरगतको खेलमा नेपाललाई अमेरिकाले ६ विकेट गुमाएर ३६७ रनको टार्गेट दिएको थियो ।

घरेलु टोली जिम्बावेका लागि ब्रेन्डन टेलरले सर्वाधिक रन बनाए । त्यस्तै सिकन्दर राजाले रन बनाए । केमास झुवाले २३ बलमा ४१ रन बनाए  भने सोलोमन मिरेले ४१ बलमा ५२ रन बनाए ।नेपालका लागि वसन्त रेग्मी तथा सोमपाल कामीले २–२ तथा सन्दीप लामिछाने र ललित राजवंशीले एक–एक विकेट लिए ।





कमेन्टसहरु



199788
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top