जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


ढागर बस्तिमा शिक्षाका लागि जनचेतना बैठक


समाज 16 पटक पढिएको दिलीप पाण्डेय


ढागर बस्तिमा शिक्षाका लागि जनचेतना बैठक


दिलीप पाण्डेय रौतहट २० फागुन रौतहटको गौर नगरपालिकाको बिशेष पहलमा आज गौर नगरपालिका वार्ड न.८ ढागर टोलमा चेतना मुलक बैठक सम्पन्न भएको हो ।

गौर नगरपालिकाका उपमेयर किरण ठाकुरको प्रमुख अतिथ्यिमा समपन्न सो बैठकमा ढागर टोलका सयौ महिला , बालबालिकाहरुको सहभागिता रहेको थियो ।

ढागर टोलका बालबालिकाहरुलाई शिक्षा तिर आकर्षित गर्न दिवा खाजा सहितको बिशेष कक्षा संचालन गर्ने उदेश्यले अभिभावकहरुसंग उपमेयर किरण ठाकुरले सो बैठक बोलाएका थिए ।

वाडा अध्यक्ष जनार्दन साहको अध्यक्षतामा सम्पन्न सो बैठकमा उपमेयर किरण ठाकुरले ढागर बस्तिका लागि शिक्षा , स्वास्थ्य र आवासका लागि गौर नगरपालिकाले बिशेष योजना ल्याउने प्रतिबद्धता ब्यक्त गर्नु भयो । तर यस बस्तिका सबैले रक्सी सेवन बन्द गरी नसा मुक्त बस्तिका बालबालिकाहरुको शिक्षा , स्वस्थ्य र आवासको समुचित व्यवस्था गर्ने उपमेयर ठाकुरले बताए ।

बैठकमा सहभागी अभिभावकहरुको आपmनो सन्तानको भविष्यका लागि भए पनि बिस्तारै रक्सी खाने बानी त्याग्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

कार्यक्रममा बोल्दै बाडा अध्यक्ष जनार्दन साहले ढागर टोलमा रक्सी खाई गाली गलौज गर्ने लाई कडा कारवाई हुनुका साथै सरसफाईमा ध्यान नदिने तथा आ आफना सन्तानहरुलाई बिधालय नपठाउने अभिभावकलाई सरकारी स्तारबाट पाउने सबै सुबिधा रोका गर्ने समेत बताउनु भयो ।






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

269964
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top