जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहट पत्रकार महासंघ ले पहिलो चोटि होलि मनायो


समाज 44 पटक पढिएको दिलीप पाण्डेय


रौतहट पत्रकार महासंघ ले पहिलो चोटि होलि मनायो


रौतहट नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज बुधवार विशेष तरीकाले होली पर्वलाई धुमधामका साथ मनाएको छ ।

रौतहट क्षेत्र नं. १ को (क) बाट निर्वाचित प्रदेश सभा सदस्य बाबुलाल साहको प्रमुख आतिथ्यमा मनाइएको सो समारोहमा सहभागि सबै सञ्चारकर्मि र राजनितिक दलका प्रतिनिधिहरुलाई कुर्ता पैजामा, गम्छा र अबिर लगाई स–समान सबै मिलि होली पर्वलाई धुमधामका साथ मनाएका छन् । कार्यक्रममा महासंघको तर्फबाट जलपानको आयोजना समेत गरिएको थियो । 


उहाँहरुले होली पर्व आपसि सद्भाव र मेलमिलापको पर्व भएकोले सबैले विगतमा भएका कमि कमजोरीहरुलाई त्यागदै अगाडि बढनु पर्ने बताएका थिए ।
कार्यक्रममा गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता , प्रमुख जिल्ला अधिकारी उद्धव बहादुर थापा, सेना प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख, जनपथ प्रहरी प्रमुख, राजनितिककर्मि, सञ्चारकर्मिहरुको उपस्थिति रहेको थियो । 
कार्यक्रम नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष रबिन्द्र साहको सभापतित्वमा सम्पन्न भएको थियो ।



कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

206658
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top