जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


आज देखि सुरु रौतहटमा मेयर कप क्रिकेट टुर्नामेन्ट ।


समाज 56 पटक पढिएको अमित ठाकुर


आज देखि सुरु रौतहटमा मेयर कप क्रिकेट टुर्नामेन्ट ।


रौतहट फागुन १२ रौतहट जिल्लाको गौरमा रहेको एतिहासिक राईसमिल ग्राउण्डमा युवा बिकास केन्द्र रौतहटको आयोजनामा मेयर कप क्रिकेट प्रतियोगिता आज देखि सुरु भएको छ।

यस क्रिकेट प्रतियोगिताको प्रमुख अतिथि नगर प्रमुख अजय गुप्ता,बिशिस्ट अतिथि उपमेयर किरण ठाकुर,गौर नगरपालिकाका प्रबक्ता शेख जमशैद,खानेपानीका प्रमुख अनिल केशरी,शस्त्र प्रहरी प्रमुख प्रेम राज पोखरेल,नेपालको राष्ट्रिय क्रिकेट खेलाडी जितेन्द्र मुखिया,अनुसन्धानका प्रहरी प्रमुख तथा ९ अौं वडाका वडा अध्यक्ष ज्युहरुको उपस्थिति रहेको थियो।

 रौतहटको गौरमा लगभग २ साल देखि थप रहेको क्रिकेट टुर्नामेन्ट यसपालि गौर नगरपालिकाको सहयोगमा मेयर कप क्रिकेट टुर्नामेन्ट उद्घाटन मैच आज सुरु भएको छ।यश क्रिकेट टुर्नामेन्टमा २०र२० क्रिकेटको सम्पूर्ण नियम लाग्ने आयोजक समितिका अध्यक्ष प्रबिण कुमारले जनाएको छ भने यो क्रिकेट प्रतियोगितामा सम्पूर्ण मैच टेनिस बलले खेल्ने भएको छ। त्यसतै यो क्रिकेट प्रतियोगितामा गौर नगरपालिका वडा नंबर १ देखि  वडा नंबर ९ सम्मको टिम र एउटा मेयर टिम सहित १० ओटा टिम रहेका छन। उद्घाटन सत्र क्रिकेटमा मेयर गुप्ताले भने गौर नगरपालिका भरी शिक्षा,स्वास्थ्य र युवाहरूको लागि विभिन्न खेलकुदमा मेरो अहम् भुमिका रहने छ।आजको उद्घाटन मैचमा मेयर टिम र गौर नगरपालिका वडा नंबर १ का टिमको भिडन्त  छ भने टच जितेर मेयर टिमले पहिले फिल्डिङ रोजेका छन।बिपक्षी गौर नगरपालिका वडा नंबर १ का टिमले १६ ओभरमा १० बिकेट गुमाई ५३ रन बनाएका थिए। मेयर टिमले ५४ रनलाई लखेट्दै १० ओभरमा ३ बिकेट गुमाई पहिलो उद्घाटन मैच जितेका छन भने बिभाष सिंहले ४ बिकेट लिई मैन अफ द मैच भएको छ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

210663
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top