जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


स्थानियको गुनासोमा भठी तोडफोड , भठी संचालकलाई उनमुक्ति प्रति भठी १५ हजारको मासिक घुमुवाद्धारा उठाउने गरेको खुलासा


समाज 1 पटक पढिएको दिलीप पाण्डेय


स्थानियको गुनासोमा भठी तोडफोड , भठी संचालकलाई उनमुक्ति प्रति भठी १५ हजारको मासिक घुमुवाद्धारा उठाउने गरेको खुलासा


दिलीप पाण्डेय रौतहट १० फागुन गौर नगरपालिका वार्ड न.७ सिसवामा बिहिवार प्रहरीले अबैध रुपमा संचालित मदिरा भठीमा तोडफोड गरी नष्ट गरेका छन ।

स्थानिय बासीको गुनासोमा जिल्ला प्रहरी कार्यालयबाट खटेका मोबाइल टोललिे सो रक्सी भठी तोडफोड गरेका छन । मदिरा बनाउन प्रयोग हुने करीब ३ हजार लिटर कच्चा पदार्थ नष्ट गरेको प्रहरीले दाबी गरेका छन ।

कच्चा पदार्थ तयारी गर्न प्रयोग गरिने १० आटा ड्राम जप्त गरेको प्रहरीले जनाएको छ ।

सिसवामा संचालित उक्त भठी महिना दुई महिनामा यस्तै तोडने गरेको तर पुर्ण रुपमा बन्द भने गर्न प्रहरी असक्षम रहेको स्थानिय बासीले बताएका छन ।

जिल्ला प्रहरी कार्यालय रौतहटले भठी तोडफोड गरे पनि त्यसका संचालकलाई कुनै कारवाई नगरेकोले उक्त भठी तोडफोड प्रहरीको सस्तो लोकप्रियता कमाउने तरिका मात्र भएको स्थानियले आरोप लगाएका छन ।

जिल्ला प्रहरी कार्यालय तथा शसस्त्र सीमा सुरक्षा बलको कार्यालय बाट परिचालित सादा पोसाकका प्रहरी अर्थात घुमुवाले प्रति भठी १५ हजारको दरले प्रति महिना उठाउने गरेको एक भठी संचालकले दावी गरेका छन ।

गौर नगरपालिका र राजदेवी नगरपालिकामा मात्र आधा दर्जन भन्द बढी अबैध भठी संचालनमा रहेका छन ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

210664
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top