जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
खेलकुद


छैठौ महिला साइकल दौडको उपाधि चौधरी


खेलकुद 413 पटक पढिएको दिलीप पाण्डेय


छैठौ महिला साइकल दौडको उपाधि चौधरी


रौतहट फागुन ०७दिलीप पाण्डेय // छैठौ जिल्ला स्तरिय महिला साइकल दौड प्रतियोगिताको उपाधि अञ्जली चौधरीले जितेका छन ।राजदेवी मिडिया सेन्टरको आयोजनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका अवसरमा प्रत्येक बर्ष हुदै आएको महिला साइकल दौड प्रतियोगिताको छैठौ संस्करण सोमबार सफलता पूर्वक सम्पन्न भएको छ ।

कार्याक्रमका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री माधव कुमार नेपालज्यूको प्रमुख आतिथीयमा सम्पन्न सो प्रतियोगितामा पुरस्कार बितरण समाहरोहणलाई सम्बोधन गर्दै महिला साइकल दौड प्रतियोगिताले मधेशका महिलाहरुलाई सघमता तिर अवल्बन गरेको तथा साईकल दौडले महिलाहरुको शैक्षिक प्रगतिलाई अझ बल पुरियाएको पूर्व प्रधानमन्त्री माधव कुमार नेपाललेबताउनु भयो ।

राजदेवी मिडिया सेन्टरको आयोजना सम्पन्न सो प्रतियोगिताको पुरस्कारबितरण समारोहणमा पूर्व मन्त्री डा.बंशीधर मिश्रा, प्रदेश सांसद बाबुलाल साह ,फुलबाबु , भारतीय उमाहावाण्ज्यिदुत रमेश चतुरबेदी,राजेश कुमार , कृषि बिज्ञ डा. श्री भगवान ठाकुर , गौर नगरपालिकाका उपमेयर किरण ठाकुरलगायतका वक्ताहरुले महिलाहरुको संस्कतीकरणका लागि महिला साइकल दौड प्रतियोगिताले अहम भुमिका खेलेको धारणा राख्नू भयो ।

प्रतियोगिता संचालनको लागि गौर नगरपालिका ,भिएसओ,माण्डवी,युकेएड,प्लान नेपाल,आरडिसी नेपाल,डिसहोम मिडिया नेटवर्क प्रा.लि,अभियान नेपाल,जनसेवा नेपाल,आइसडिन नेपाल ,,सोडेक,विश्वकर्मा सिमेन्ट,देब बचत तथा क्रण सहकारी संस्था,परोहा न.पा,राजपुर न.पा,मौलापुर न.पा.,दुर्गाभगवती गाँउपालिका,खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय,कटहरीया न.पा.लगायतका संघसस्थाहरुका आर्थिक सहयोग गरेको थियो ।उक्त प्रतियोगिताको लागि १६८ जना महिलाहरु बाट विभिन्न चरणमा छनौट गरी अन्ति चरणको लागि २८ जना सहभागि भएका प्रतियोगि मध्ये संगिता चौधरी दोस्रो स्थान प्राप्त गरेका छ ।त्यसैगरी रबिना कुमारी तेस्रो भएका छन ।

Image may contain: 5 people, people standing

अन्तिम चरणमा सहभागि सबै २८ जनालाई आयोजकले १/१थान साइकल उपलब्ध गराएका छन । प्रथमलाई १५,०००/– दोस्रोलाई १०,००० /– तेस्रोलाई ५,०००/– नगद सहित १/१ थान डिस होम प्रदान गरेका छन ।

आयोजक संंस्थाका अध्यक्ष रामपुकार राउत को सभापतित्वमा सम्पन्न सो प्रतियोगितामा स्वास्थ्य तर्फबाट डा. सुभाष चौधरी कृषि बिज्ञ डा. श्री भगवान ठाकुर ,संगित तथा साहित्य तिर उपेन्द्र सहनी खेलतर्फ जितेन्द्र मुखिया , समाजिक तर्फ यशु थापा , शिक्षातर्फ गौरी शंकर प्रसाद यादबलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सासद सरला यादब , रेखा झा,सबिना हुसैन, तरुण दलकानौसाद आलम राजपाका जिल्ला अध्यक्ष रामप्रवेश दास,गिता कुशवाहा, बिणा कुशवाहा ,कमलेशसिह,ओमप्रकाश साह मधेशीया लगायतका ब्यतिmहरुको उपस्थिती रहेको थियो ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

226658
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top