जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


तस्करी गर्ने तस्कर संजय यादवको कपडा बरामद, दुई पक्राउ


समाज 13 पटक पढिएको दिलीप पाण्डेय


तस्करी गर्ने तस्कर संजय यादवको कपडा बरामद, दुई पक्राउ


माघ २७, जिल्ला प्रहरी कार्यालय रौतहट गौरबाट गएको गस्ती टोलीले ठूलो परिमाणमा भन्सार छलिका कपडा बरामद गरेको छ ।
विषेश सुराकीको आधारमा गएको गस्ती टोलीले शनिवार बिहानै गौर नगरपालिका वार्ड नं। ३ मचकुटिया स्थित तस्कर समेत रहेको संजय यादवको पोल्टरी फर्मबाट ८ बोरा कपडा,४ बोरा पलास्टिक र अन्य २ बोरा किराना सामानहरु बरामद गरेको छ । तस्करीका सामान सगै प्रहरीले तस्करीमा सघाउदै आएका यादवले पालेका दुई जनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय पप्पु पटेल र राजु पटेल रहेका छन् । पछिल्लो समय गौर नगरपालिका स्थित विभिन्न नाकाबाट करौडौं बराबरको तस्करी भईरहेको र तस्करहरु नेपाल प्रहरीका तल्लो दर्जाका दर्जनौ प्रहरीलाई कमिसन दिई तस्करी गराईरहेको खुल्न आएको छ ।

 तस्कर संजय यादब वर्षौ देखि नेपाल प्रहरी कै साठगाठमा तस्करी गराउदै आएको कुरा नाम नबताउने शर्तमा आजतक मधेशलाई एक व्यक्तिले बताएका थिए । तस्कर यादव विभिन्न कारोबारमा तस्करी गराएपनि सधै जसो यादवलाई भने कहिल्यै प्रहरीले नसमात्नु ले प्रहरी माथि नै शंका उब्जेको छ ।

भारतबाट सामान लयाउदा पहिला शस्त्र प्रहरीको बेस क्यामप दोस्रोमा भन्सार सुरक्षा कार्यालय र अस्थाई चेक पोष्ट माहादेवपट्टि र पाचौंमा खटिने प्रहरीका मोबाईल टोली र छैठोमा प्रहरी प्रमुखका विषेश प्रहरीका दूतहरु परिचालन गरिएपनि यत्रो मात्रामा तस्करीका सामानहरु नेपाल भित्रिनु बाट यस कार्यमा प्रहरीको प्रत्यक्ष संलग्नता रहेको प्रष्ट छ । प्रहरीको सुराकी भनेर सर्वसाधारणलाई धम्कयाउदै आएका यादवका सामान बरामद भएको हो । 




कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

233276
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top