जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


योनीमा किन आउँदैन रस : यसले किन बनाउँछ सेक्सलाई निरस यस्तो छ, फेमिली थेरापिस्ट करुणा कुँवरको सल्लाह


शिक्षा / स्वास्थ्य 82 पटक पढिएको


 योनीमा किन आउँदैन रस : यसले किन बनाउँछ सेक्सलाई निरस यस्तो छ, फेमिली थेरापिस्ट करुणा कुँवरको सल्लाह


३३ वरर्षीया विवाहित महिला हुँ । मेरो प्रेमविवाह भएको ६ वर्ष भइसक्यो तर अहिलेसम्म सन्तान भएका छैनन् । मेरो काँधमा परिवारको जिम्मेवारी छ । विवाह भएदेखि नै प्रायः यौन सम्पर्कमा रुचि नहुने, योनी सुख्खा हुने समस्या हुन्थ्यो ।
यो क्रम घटेको छैन । योनी नरसाउने भएकाले यौन सम्पर्कका बेला मलाई निकै पीडा महशुस हुन्छ । यही कारण हाम्रो यौन जीवन निरस भइरहेको छ ।

म श्रीमान्लाई माया गर्छु तर उहाँसँगको यौन सम्पर्क निकै कष्टकर महशुस हुन्छ । यसले मेरो पारिवारिक अवस्था दिनप्रतिदिन बिग्रँदै गएको छ । उहाँ हाल नेपालबाहिर हुनुहुन्छ र म पनि चाँडै उहाँसँगै विदेश जाँदैछु । ‘तिम्रो समस्या समाधान भएको छैन भने नआउँदा हुन्छ’ भनेर धम्की दिनुहुन्छ ।

उहाँको कुराले मेरो मन खिन्न हुन थालेको छ । केही विशेषज्ञसँग सम्पर्क गर्दा उनीहरुले ‘यो तपाईंको नितान्त मनोवैज्ञानिक समस्या हो’ भनेका थिए । यो समस्या मनोवैज्ञानिक हो कि शारीरिक रु कृपया तपाईंले प्रस्ट पारिदिनुहोला । तपाईंको सहयोग चाहन्छु । (सी

सीजी, तपाईंले राख्नुभएको जिज्ञासाबाट के बुझिन्छ भने यो समस्या श्रीमान्को भन्दा तपाईंसँग बढी सम्बन्धित छ । यौन चाहना बढी मात्रामा हुँदा योनीबाट तरल पदार्थ बढी प्रवाह हुन्छ । तर, यौन इच्छा भएन भनेचाहीं महिलाको योनी रसाउँदैन ।

करूणा कुवँर

योनीमा रसिलो पदार्थ प्रवाह भएन भने त्यसले यौन सन्तुष्टीमै आकाश(जमिनको अन्तर गराउँछ । तीव्र इच्छा भएको अवस्थामा तरल पदार्थको प्रवाह कम भएर योनी सुख्खा हुनु स्वाभाविकै हो । सुख्खा भएको बखत दुख्नु पनि अर्को स्वाभाविक पक्ष हो । यो उमेरमा वा बैंसको अवस्थामा हुने सामान्य प्रक्रिया हो ।

सामान्यतया ४५ वर्षमुनिका महिलामा तरल पदार्थको प्रवाह कम हुँदैन । ४५ वर्षमाथिका महिलामा महिनावारी रोकिने भएकाले तरल पदार्थको प्रवाहमा कमी आउँछ । ४५ वर्षको उमेरमा पनि पहिलाजस्तै तीव्र यौन इच्छा हुन्छ र योनीमा तरल पदार्थको प्रवाह हुन्छ भनेर सोच्नु गलत हो ।

तपाईंको हकमा उमेर कम नै भएकाले तनावको कारण हो कि जस्तो बुझिन्छ । यौन सम्बन्धको क्रममा जब योनीमा चाहिने मात्रामा रस निस्कँदैन, तब योनी सुख्खा हुन्छ र यौन सम्पर्क गर्दा पीडा महशुस हुन्छ ।

यसबाट योनीमा संक्रमणको लक्षण देखिनसक्छ । महिनावारी रोकिने क्रममा हर्मोनको परिवर्तनका कारण पनि योनी रसको उत्पादनमा ह्रास आउँछ । बच्चा जन्माइसकेपछि र स्तनपान गराउँदा अक्सिटक्सिन र प्रोलाक्टिनको बढी उत्पादनले पनि योनी सुख्खा हुन्छ ।

यदि कुनै औषधि सेवन गरिएको छ भने पनि योनी सुख्खा हुनसक्छ । यदि यस्ता कुनै पनि कारण होइनन् भने तपाईंमा दिक्दारीपन, चिन्ता, सम्बन्धमा तनाब, झगडाजस्ता कारण यौन चाहना घट्नुमा जिम्मेवार हुन सक्छन् ।

यौन सम्बन्धको बेलामा पर्याप्त मात्रामा ‘फोर प्ले’को कमीले पनि योनी सुख्खा हुन्छ र दुख्छ । सुख्खा हुँदा योनी चिलाउने, अप्ठ्यारो महशुस हुने, पोल्ने, हल्का रक्तश्राव हुने, छिनछिनमा पिसाब हुने समस्या देखिन्छ । यौन सम्बन्धको राम्रो विस्तार नहुँदा सन्तान प्राप्तिमा पनि ढिलाइ हुन्छ ।

योनीमा देखिएको सुख्खापनका कारण पनि यौन असन्तुष्टि हुन्छ र मानिसमा त्यसको मनोवैज्ञानिक असर पारिरहेको हुन्छ । सन् २००९ मा ४१ देखि ४८ वर्षका ६ सय ७७ महिलामा गरिएको अध्ययनले ६८ प्रतिशत यौन क्रियाकलापमा संलग्न रहेको देखायो । बाँकी ३२ प्रतिशतमध्येका ७० प्रतिशतले उपयुक्त यौनसाथी नपाएकाले सन्तुष्टि नमिलेको बताए ।

    यौन सम्पर्क गर्ने मन छैन भने श्रीमान्सँग हँसिलो भएर भन्नुहोस्, ‘डियर, आज हुन्न है’

यस्तै, चार प्रतिशतले योनीको सुख्खापनका कारण हुने पीडाले यौन गतिविधिलाई प्रतिकूल प्रभाव पारेको धारणा व्यक्त गरे । तपाईंको उमेर यो अवस्थामा पुगेको छैन, त्यसैले श्रीमान् वा तपाईंलाई पनि अप्ठ्यारो भएको हुनसक्छ । योनी चिप्लो बनाइराख्न प्राकृतिक तेल प्रयोग गर्न सक्नुहुन्छ । डाक्टरको सल्लाहअनुसार अन्य जेलहरु पनि उपयुक्त हुनसक्छन् ।

आफू यौनका लागि इच्छुक भएरनभएको बारेमा श्रीमानसँग खुलेर कुरा गर्नुस् । यौनमा संवादको ठूलो भूमिका हुन्छ । तपाईंमा यौन इच्छा छ भने त्यहीअनुरुपको आचरण गर्नुस् । यौन सम्पर्क गर्ने मन छैन भने श्रीमान्सँग हँसिलो भएर भन्नुहोस्, ‘डियर, आज हुन्न है ।’

तपाईंको श्रीमान् वास्तवमै तपाईंलाई माया गर्ने खालका हुन् भने उनले यौन सम्पर्कको अपेक्षा नगर्लान् । यौन इच्छाको कमी र योनी सुख्खा हुने समस्याबारे तपाईं श्रीमानसँग सल्लाह गर्नुहोस् । यो समस्या दम्पत्तीको हो, यसलाई मिलेरै समाधान गर्नुहोस् । आपसमा प्रेम र विश्वासको वातावरण बढाउनुहोस् ।



कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण

योनीमा किन आउँदैन रस : यसले किन बनाउँछ सेक्सलाई निरस यस्तो छ, फेमिली थेरापिस्ट करुणा कुँवरको सल्लाह

कर्मचारीको मनपरी दिउँसो २ बजे नै बन्द गर्छ जनकपुरको खोप सेवाकेन्द्र

कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा

किन कठिन बन्दैछ एसइई परीक्षा

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन

प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी

साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस
1 2 3 4 NEXT
199724
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top