जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


ससुरालीबाट पेस्तोल र बम बरामद


समाज 21 पटक पढिएको


ससुरालीबाट पेस्तोल र बम बरामद


२७ माघ, हेटौंडा । गोली प्रहार घटनामा पक्राउ परेका पूर्व लडाकूको ससुरालीबाट पेस्तोल र बम बरामद भएको छ ।
हेटौंडा १९ वस्तीपुरका शरण गोले समूह र रामबहादुर दम्पतीबीच झगडा हुँदा गोली प्रहार भएको थियो । घटनामा घम्भीर घाइते भएका गोलेको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

रामबहादुर र उनकी पत्नी वीरमाया मोत्तानलाई प्रहरी पक्राउ गरेको छ । अनुसन्धानका क्रममा रामबहादुरको ससुरालीबाट ठुलो परिमाणको हातहतियार तथा बिष्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

रामबहादुरको ससुरालीबाट कटुवा पेस्तोलसहित गोली ४ थान, डेटोनेटर क्याब ६ थान, तयारी अबस्थाको प्रेसरकुकर बम २ थान, फलामे बेरिङ ११ थान, रडको टुक्रा ९ थान, पहेँलो धातु १ थान, छर्रा १ सयग्राम, कालो टेपले बाँधेको स्वीचसहितका सुतली बम २ थान बरामद भएको छ ।

यस्तै नेपाली सेनाको पोशाक एक जोर र रिमोट तथा बममा राख्ने व्याट्रीहरु पनि बरामद भएको मकवानपुरका प्रहरी नायव उपरिक्षक दिलिप झाले बताए । रामबहादुर र उनकी पत्नी वीरमायालाई ज्यान मार्ने उद्योग अन्तर्गत कारवाही गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।अनलाइनखबर





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



स्थानियको गुनासोमा भठी तोडफोड , भठी संचालकलाई उनमुक्ति प्रति भठी १५ हजारको मासिक घुमुवाद्धारा उठाउने गरेको खुलासा

मनोज पुन काण्ड : हत्या कि इनकाउण्टर ।

बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ सम्पन्न

वीरगञ्ज नाकाबाट मात्रै ४३ अर्बको इन्धन आयात

रौतहटमा शस्त्र प्रहरी द्वरा ब्वाईलर कुखुरा पक्राउ ।

तीनकुनेमा फेला परेको शंकास्पद वस्तु बम

विजयपुरमा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

पहिलोपटक वडा कार्यालय द्वरा छात्राहरुलाई कम्प्युटर तालिमका प्रमाण पत्र हस्तान्तरण ।

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

ताजा समाचार


धेरैले पढेको

124910
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top