जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


कर्मचारीको मनपरी दिउँसो २ बजे नै बन्द गर्छ जनकपुरको खोप सेवाकेन्द्र


शिक्षा / स्वास्थ्य 18 पटक पढिएको रासस


कर्मचारीको मनपरी दिउँसो २ बजे नै बन्द गर्छ जनकपुरको खोप सेवाकेन्द्र


जनकपुरधाम, माघ २४ गते । समान्यतया नेपाल सरकारको मातहतमा चलेको हरेक सरकारी कार्यालय विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालनमा हुन्छ । तर जनकपुरको स्वास्थ्य सेवा प्रदान गर्ने एक सरकारी कार्यालय दिउँसो २ बजे नै बन्द हुने गरेको छ ।

जिल्ला जनस्वास्थ्य कार्याय धनुषाको मातहतमा सञ्चालित गर्भवती महिला तथा शिशु खोप सेवा कार्यालय विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन हुने गरेको छ । दिउँसो २ बजेसम्म मात्र खोप सेवा प्रदान गर्दा २ बजे पश्चात आउने सर्वसाधारणहरु कार्यालयको गेटमा ताल्चा देखेर रितै फर्किने गरेका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालयको दक्षिण पूर्व छेउमै सञ्चालनमा रहेको यस कार्यालबाट गर्भवती महिलाहरुलाई टिटानसविरुद्धका खोप तथा बालबालिकाहरुलाई पोलियो, बिसिजी,डिपीटी,दादुरा रुबेला लगायतको रोग विरुद्धका खोप निःशुल्क रुपमा देने गरेको छ ।

सोमबार बच्चालाई खोप लगाउन पुग्नु भएकी जनकपुर ९ की रुवी कुमारी यादव दिउँसो अढाई बजे पुग्दा गेटमा ताल्चा लागेको देखेर बच्चालाई खोप नै लगाउन नपाई फर्किनु परेको गुनासो गर्नुभयो । उहाँले गुनासो गर्दै भन्नुभयो ‘अघिल्लो महिना २ बजेभन्दा पहिले नै आउँदा खुलेको हुन्थ्यो तर यस महिनामा अलिक ढिलो आउँदा खोप सेवाको कार्यालय बन्द छ । सरकारी कार्यालय त साँझ ५ बजेसम्म चल्छ । तर आज थाहा पाए यो कार्यालय दिउँसो २ बजेसम्म मात्रै सञ्चालनमा हुन्छ । ’ कर्मचारीहरुको मनपरी कार्यालय सञ्चालनले आफु जस्तै कति सर्वसाधारणहरु २ बजे पश्चात आउँदा रितै फर्किनु पर्ने गरेको उहाँको गुनासो छ ।

यता जिल्ला जनस्वास्थ्य कार्यालयका खोप अधिकृत बालेश्वर यादवले पनि उक्त खोप सेवा कार्यालय धेरै पहिलादेखि नै विहान १० बजेदेखि दिउँसो २ बजेसम्म मात्र सञ्चालन हुँदै आएको स्वीकार गर्नुभयो । उहाँले कार्यालयमा दुई जना महिला स्वास्थ्य स्वयम सेविका सेवा प्रदान गर्ने गरको बताउँदै अव दिउँसो ३ बजेसम्म सञ्चालन गर्न भनेको बताउनुभयो ।सरकारी कार्यालय भएतापनि यो कार्यालय कर्मचारीको मनपरी समय अनुसार सञ्चालन हुँदा समेत अनुगमन गर्ने निकाय मुकदर्शक बनेका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



योनीमा किन आउँदैन रस : यसले किन बनाउँछ सेक्सलाई निरस यस्तो छ, फेमिली थेरापिस्ट करुणा कुँवरको सल्लाह

कर्मचारीको मनपरी दिउँसो २ बजे नै बन्द गर्छ जनकपुरको खोप सेवाकेन्द्र

कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा

किन कठिन बन्दैछ एसइई परीक्षा

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन

प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी

साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस

रौतहटमा प्र अ साहको कारण बिधालयमा बिधार्थी न्युन साह सहित ८ शिक्षक तलव पकाउदै।
1 2 3 4 NEXT

ताजा समाचार


धेरैले पढेको

124903
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top