जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


मौलापुर नगरको बजेट ३५ करोड भन्दा माथी


राजनिति 21 पटक पढिएको दिलिप पाण्डेय


मौलापुर नगरको बजेट ३५ करोड भन्दा माथी


रौतहट २ माघ रौतहट संसदिय निर्वाचन क्षेत्र ३ बाट निर्वाचित संसद प्रभुु साहले आधुुनिक प्रविधिको प्रयोग गर्दै अगाडी बढेमा मात्र रौतहटको विकास द्रुतगतीमा अगाडी बढ्ने बताएका छन ।

  

मौलापुुर नगरपालिकाको मंगलवार प्रथम अधिवेशनको उदघाटन पश्थात कार्यक्रमलाई संबोधन गर्दै संसद साहले मानव सुुचकांकमा समेत पुुच्छारमा रहेको यस जिल्लालाई अग्रगतीमा ल्याउन सबै नागरिक आ आफना स्थान बाट सकृय भएर लाग्नु पर्ने बताएका छन ।


शिक्षा,स्वास्थ्यको विकास पछी सडक सञ्जाल,बजार ब्यवस्थापन र शहरीकरण मार्फत क्षेत्रको विकास गरेर जिल्ला र क्षेत्रलाई मानव सुुचकांकमा अगाडी ल्याउने योजना रहेकाले सहयोग गर्न सांसद प्रभुु साहले सबैलाई आग्रह गरेका छन ।


कार्यक्रममा बिधानसभा निर्वाचन क्षेत्र नम्बर ख का बिधायक कुुन्दन कुुश्वाहाले क्षेत्रको प्रत्येक गाँउमा नाला र पक्की सडक नै आफनो पहिलो प्राथमिकता  रहेको बताएका छन ।


मौलापुर नगरपालिकाका मेयर रनिा देवी साहले आफनो कार्यकालमा सम्पुुर्ण नगरलाइ नमुना रुपमा विकास गरेर महिला कुुनै अर्थमा पछी नरहेको देखाएर छोड्ने दावी गरेकी छिन ।


 विकासका साथै महिलाको विकासका निमित खास रुपमा लाग्ने मेयर साहले प्रतिवद्धता जानाएकी छिन ।


नगरपालिकाका कार्याकारी अधिकृत  प्रमोद कुुमार साहले बिभिन्न शिर्षकमा ३५ करोड १९लाख ४८हजारको बजेट प्रस्तुत गरेका छन ।





कमेन्टसहरु



199732
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top