जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


चिसोका कारण एकै गाउँका ५ को मृत्यु


समाज 1 पटक पढिएको रासस




पुस २८, बाजुरा — चिसो बढेसँगै फैलिएको रुघाज्वरोका कारण जिल्लाको विकटमा पर्ने जगन्नाथ गाउँपालिकाको हुनी गाउँमा ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा जगन्नाथ–२ हुनीकी ६० वर्षीया थुपा नाथ, ५५ वर्षीय कर्ण शाही, ७२ वर्षीय मन बिष्ट, ३६ वर्षीया सुपारी बिष्ट र ६७ वर्षीया बना बिष्ट छन्। उनीहरुको मृत्यु भएको वडाध्यक्ष कर्णबहादुर बिष्टले जानकारी दिएका छन्। चिसो बढेपछि दुई सातायता घरैपिच्छे रुघाज्वरोबाट बिरामी परेका गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख रामदत्त न्यौपानेले बताए।


मृतकहरुको रुघाज्वरोले च्यापेर मृत्यु भएपछि भाइरल भएको अनुमान गरिएपनि कारण भने यकिन भइनसकेको जिल्ला जनस्वास्थ्य अधिकृत रमेश कुँवरले बताए। ‘भाईरल फैलिएको भन्ने अनुमानसम्म भएपनि पुष्टि भएको छैन,’ कुँवरले भने, ‘भाइरल भए नभएको परिक्षणका लागि नमुना केन्द्रमा पठाएका छौं।’ चिसो बढेका कारण श्वासप्रश्वास लगायत रोगका विरामीहरु भने चपेटामा परेको देखिएको उनले बताए। बढीसंख्यामा बालबालिका र बृद्धृबृद्धा प्रभावित भएका वडाध्यक्ष बिष्टले बताए।


रोग प्रभावित क्षेत्रमा उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको कार्यालयले जनाएको छ। ‘आवश्यक औषधि तथा चिकित्सक सहितको टोली जगन्नाथमै परिचालित छ,ु जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा। रुपचन्द्र विश्वकर्माले भने, ‘स्वास्थ्य क्षेत्रमा काम गर्ने त्यस क्षेत्रका गैर सरकारी निकायका स्वास्थ्यकर्मीहरुलाई समेत जगन्नाथमै केन्द्रित गराएका छौं।’ जगन्नाथ सदरमुकाम मार्तडीबाट दुई दिन टाढा पर्दछ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



फेरि १५ दिनमै बढ्यो पेट्रोल र डिजेलको मूल्य

चितवनको कालिखोलामा पहिरो जाँदा नारायणगढ मुग्लिन सडक खण्ड अवरुद्ध

पप्पु कन्स्ट्रक्शनको लापरवाहिले हजारौं उपभोक्त मर्कामा

सशस्त्र प्रहरीको कथित घुमुवा बाट सर्वसाधारण आतंकित

जहाज दुर्घटनामा मकालु एयरका मालिकै एक मात्रै छोराको ज्यान गयो

दुर्घटनाग्रस्त मकालु एयरको विमान यस्तो अवस्थामा भेटियो

वर्षाले मन्थली अस्तव्यस्तः विद्यार्थी बगे, बाटो बन्द, बजार डुबानमा

स्थानीय तहमा बेथिति : घुस र भाले भोजको बिगबिगी

आँधीबेरीबाट कैलालीमा एक महिलाको मृत्यु
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT
199815
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top