जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


झापामा लागूऔषधसहित ५ जना पक्राउ


समाज 3 पटक पढिएको रासस


झापामा लागूऔषधसहित ५ जना पक्राउ


२८ पुस, काठमाडौं । झापाको विभिन्न स्थानबाट बिहीबार साँझ लागूऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ६ का २४ वर्षीय अनिष भण्डारी, पाँचथर फिदिम नगरपालिका(१ घर भइ बिर्तामोड(५ बस्दै आएका २८ वर्षीय रोशन न्यौपाने, बिर्तामोड(६ का ३० वर्षीय रामेश्वर चौधरी, बिर्तामोड (३ का ४८ वर्षीय प्रेम खड्का र मेचीनगर(२ बस्ने २९ वर्षीय अर्जुन श्रेष्ठ छन् ।


उनीहरुलाई संघीय प्रहरी ईकाई चन्द्रगढी र लागूऔषध नियन्त्रण ब्यूरो, काँकडभिट्टाको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका युवकहरुको साथबाट ६ ग्राम खैरो हिराइन र ४ बोतल स्कुफ नामक कफ सिरप बरामद भएको प्रहरीले जनाएको छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

254546
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top