जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


सुर्खेतमा माघे संक्रान्ती मेला आजदेखि शुरु


समाज 2 पटक पढिएको रासस


सुर्खेतमा माघे संक्रान्ती मेला आजदेखि शुरु


पौष २८ सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा माघे संक्रान्ती मेला २०७४ विहीबारदेखि शुरु भएको छ । माघी पर्वको अवसरमा आजदेखि तीन दिन सुर्खेतमा माघे संक्रान्ती मेला शुरू भएको हो ।

मंगलढीचौकबाट यालीसहित सुरु भएको मेलाको उद्घाटन सांसद एवम् नेपाल मगर संघका पूर्व केन्द्रिय महासचिव, पूर्व केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त घर्तीमगरले गर्नुभएको हो । मगर समुदायका कला र संस्कृति जोगाउने उद्देश्यले सुरु भएको महोत्सवमा राष्ट्रिय कलाकारहरु तिला गरंजामगर, निरु श्रीषमगर, मोडेल आरुशीमगर, सम्झना लामिछानेमगर लक्ष्मी रानामगर लगायतको सहभागिता मेला आयोजकले जनाएको छ ।

मेलामा सोरठी, ख्याली, कौडा, ठाडो भाखा, दोहरी लगायतका संस्कृतिक प्रस्तुतिहरु रहेछन् । धनुषवाण प्रतियोगिता, छेलो प्रतियोगिता र एकल नृत्य प्रतियोगिताको समेत सञ्चालन गरिने मेला आयोजकले जनाएको छ । मेलामा मगर समुदायका विभिन्न परिकारदेखि र थारु परिकारका स्टल समेत छन् ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

301539
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top