जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त


समाज 11 पटक पढिएको रासस


राष्ट्रिय सभा निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त


पौष २८ निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि निर्वाचन अधिकृत नियुक्त गरेको छ ।

 आयोगले आजदेखि लागु हुने गरी राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश २०७४ अनुरुप प्रत्येक प्रदेशमा एक–एक जना गरी ७ जना निर्वाचन अधिकृत नियुक्त गरेको हो । प्रदेशको उच्च अदालत रहेको जिल्लाका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो । आयोगले न्याय परिषद् सचिवालयले सिफारिस गरेका जिल्ला न्यायाधीशहरुलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको हो।


प्रदेश नम्बर १ मा मोरङका जिल्ला न्यायाधीश राजुकुमार खतिवडा, २ मा धनुषाका जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेती, ३ मा ललितपुरका जिल्ला न्यनयनधीश बालकुमुन्द दवाडीलाई नियुक्त गरेको छ ।  यसैगरि प्रदेश नम्बर ४ मा कास्कीका जिल्ला न्यायाधीश दीपेन्द्र अधिकारी, ५ मा दाङका जिल्ला न्यायाधीश हेमन्त रावल, ६ मा सुर्खेतका जिल्ला न्यायाधीश जयानन्द पनेरु र ७ मा डोटीका जिल्ला न्यायाधीश नरनारायण पौडेललाई नियुक्त गरेको छ । निर्वाचन अधिकृतको कार्यालय भने पुस २९ गते स्थापना गर्ने आयोगले जनाएको छ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको


102190
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top