जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


चिसोका कारण सिरहामा थप एकको मृत्यु


समाज 2 पटक पढिएको




पौष २७ लहान पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा थप एकजनाको कठ्यांग्रिएर मृत्यु भएको छ ।

अत्यधिक चिसोका कारण कठ्यांग्रिएर बगएराति सिरहाको धनगढीमाई नगरपालिका–१२ पूर्वीटोल निवासी ५८ वर्षीय खुसिलाल मुखिया मल्हाको कठ्यांग्रिएर मृत्यु भएको हो । 


यससँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६, सीतापुर निवासी ४१ बर्षीय माकोदेवी पासवान र कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी पाँच वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियोे । 

चिसोका कारण निमोनियाले थलिएकी काजललाई उपचारका लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् । 


यसअघि, गत आइतबार सिरहाको गोलबजार नगारपालिका–४ निवासी शम्भु साहका छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२, लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७, कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो । 


अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ । अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियालगायतका बिरामी बढेका छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



४ वटा मोटरसाईकल सहित एकजना तस्कर पक्राउ

माधव नारायण नगरपालिका जिल्लाको दोस्रो खुल्ला दिशामुक्त नगरपालिका घोषणा।

श्रीमतीको हत्या गरी फरार श्रीमान् प्रहरी हिराशतमा

ब्लड बैंक संचालनका लागि पाँच लाख बराबरको सामग्री हस्तान्तरण

प्रदेशलाई कृषि क्षेत्रमा विकास गर्दै आत्म निर्भर र सबल बनाउँछौ : मन्त्री यादव

रौतहटको ईसनाथ नगरपालिकामा खुल्ला रुपले भारतीय सिमेन्टको प्रयोग

मेयरलाई धम्क्याउँदै ‘१० लाख नदिए मार्दिन्छौं’ भन्ने २ जना पक्राउ

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सिरहामा आगलागीबाट ४० लाखको क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT

ताजा समाचार


धेरैले पढेको

178906
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top