जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
अर्थ / वाणिज्य


नयाँ वर्षमा नेपाल टेलिकमको उपहार तथा छुट योजना


अर्थ / वाणिज्य 72 पटक पढिएको २०७३ चैत्र २९ मंगलवार


नयाँ वर्षमा  नेपाल टेलिकमको उपहार तथा छुट योजना


रिचार्ज बोनसअन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस (MPos) तथा रिचार्ज कार्ड मार्पmत रु.१००। र रु.२००। को कार्ड प्रयोग गर्दा १० प्रतिशत एवम् रु.५००। र रु. १०००। को रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ । यसको भ्यालिडिटि तीन दिनको हुनेछ ।

नेपाल टेलिकमले नव वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको नव वर्ष प्रोमोसनल अफरअन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् ।

रिचार्ज बोनसअन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस (MPos) तथा रिचार्ज कार्ड मार्पmत रु.१००। र रु.२००। को कार्ड प्रयोग गर्दा १० प्रतिशत एवम् रु.५००। र रु. १०००। को रिचार्ज कार्ड प्रयोग गर्दा १५ प्रतिशत बोनस उपलब्ध हुनेछ । यसको भ्यालिडिटि तीन दिनको हुनेछ । यसरी उपलब्ध गराइने रिचार्ज बोनस वि.सं.२०७३ चैत्र ३० देखि २०७४ बैशाख १३ गतेसम्म लागू हुनेछ । 

डाटा प्याकेजअन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० देखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी अलटाइम डाटा प्याकेज र नाइट डाटा प्याकेज उपलब्ध गराइएको छ । अल टाइम डाटा प्याकेज अन्तर्गत रु.१००।, २००। र ३००। (कर सहित)मा ३० दिनको भ्यालिडिटि सहित चौबिसै घण्टा प्रयोग गर्न मिल्ने गरी क्रमशः ४०० एमबी, ८५० एमबी र १५०० एमबी डाटा भोल्यूम उपलब्ध गराइनेछ । नाइट डाटा प्याकेज अन्तर्गत रु.२००। र ३००। (कर सहित) मा ३० दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी क्रमशः ३ जिबी र ६ दशमलव ५ जिबी डाटा भोल्यूम उपलब्ध गराइनेछ । यो अफरअन्तर्गत डाटा सेवाको मूल्य प्रति एमबी ४.५ पैसा देखि २५ पैसा (करसहित) मात्र पर्नेछ । 

कसरी लिने सुविधा ?

अल टाइम डाटा प्याकेज सेवा लिनका लागि DATA टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरेर १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तै: ४०० एमबी डाटा लिनका लागि DATA400MB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ भने नाइट डाटा प्याकेज सेवाको उपभोग गर्न NIGHT टाइप गरी आपूmलाई जति एमबी चाहिएको हो सो उल्लेख गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ । जस्तै : ६.५ जिबी डाटा लिनका लागि NIGHT6GB टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ ।

त्यसैगरी, नाइट भ्वाइस प्याक अन्तर्गत जिएसएम सेवाका उपभोक्ताहरुलाई वि.सं.२०७३ चैत्र ३० गतेदेखि २०७४ बैशाख २८ गतेसम्म लागू हुने गरी रु.२५। (कर सहित) मा सात दिनको भ्यालिडिटि सहित राति १० बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने गरी २५० मिनेटको भ्वाइस प्याक उपलब्ध गराइनेछ । नाइट भ्वाइस प्याक सेवा लिनका लागि NIGHTVOICE टाइप गरी १४१५ मा म्यासेज पठाउनु पर्दछ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89173
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top