जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


डा गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस जारी,आजै निर्णय सुनाउने तयारी


राजनिति 7 पटक पढिएको रासस




२६ पुस डा गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस जारी छ । केसी विरुद्ध दायर मुद्दामाथि न्यायाधीशहरू बमकुमार श्रेष्ठ र पुरुषोत्तम भण्डारीको इजलासमा बहस सुरु भएको हो । सुरुमा सर्वोच्चका तर्फबाट बहस भइरहेको छ ।

वरिष्ठ अधिवक्ता श्याम खरेल, मनकुमार श्रेष्ठ, उपेन्द्रकेशरी न्यौपाने लगायतले बहस गर्दैछन् । सर्वोच्चको तर्फबाट बहस सकिएपछि केसीका कानुन व्यवसायीले बहस गर्नेछन् । दुबैतर्फको बहस सुनिसकेपछि आजै निर्णय सुनाउने तयारीमा सर्वोच्च अदालत छ ।

डा. गोविन्द केसीविरुद्ध दायर अदालत अवहेलना मुद्दामा बहस जारी,आजै निर्णय सुनाउने तयारी

केसीले हिजो न्यायाधीशहरू ओम प्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासमा बयान दिनु भएको थियो । बयानमा केसीले अदालतको सम्मान गरेको दाबी गर्दै अवहेलनामा प्रधानन्यायाधीशलाई नै कारबाही हुनुपर्ने माग गर्नु भएको थियो ।

डा केसीले अनसन घोषणा गर्दै पाँचवटा माग राखेका छन् । प्रधान न्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनका क्रियाकलापमाथि छानबिन उहाको पहिलो माग रहेको छ । 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

254514
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top