जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


हिन्दू परिषद नेपालद्धारा काँवरिया बाबा सम्मानित


समाज 358 पटक पढिएको रासस




बीरगंज २६ षौष हिन्दू परिषद् नेपालले आज एक कार्यक्रमबीच बसन्तपुर कावरिया संघलाई सम्मान गरेको छ । हिन्दू धर्ममा धेरै महत्व एवं उत्साहका साथ मनाईने विटोर ९काँवरिया बाबा० लाई गाँउ घरदेखि शहर सम्मका हिन्दु धर्मावलम्बीहरुले सहभागिता जनाउने गरेका छन् ।

बसन्तपुर काँवरिया संघ पर्साका पदाधिकारी एवं धार्मिक अगुवाहरुलाई बीरगंज महानगरपालिका वडा नं १६ स्थित बीरगंज भन्सार सँगै रहेको रामजानकी मन्दिरको प्रागनमा संघका जामदार पंडित गौरीशंकर तिवारी, मुखिया विरेन्द्र गिरी, बहिदार लालबाबु कुर्मी, खजान्ती राजेश्वर साह तेली, श्री श्री १०८ नेपाली बाबा, बाबा बालक दास, संघका सिपाहीहरु बन्नु, हरिनारायण यादव, रामप्रसाद यादव लगायतका लाई हिन्दु परिषद नेपाल पर्सा शाखाले सम्मान एवं स्वागत गरेको हो ।


पर्साका अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा गएको टोलीमा हिन्दू परिषद नेपालका संस्थापक एवं संरक्षक पंडित पुरुषोत्तम दुबे, केन्द्रिय अध्यक्ष संतोष पटेल, केन्द्रिय सदस्य सुरेश साह कानु, नारायणी अञ्चल प्रमुख हरेन्द्र पटेल, हिन्दुवादी अगुवा द्धारिका महतोले काँवरिया बाबाहरुलाई सम्मान गर्दै जय श्री राम र हर हर महादेवको नारा लगाई स्वागत, सम्मान एवं विदाई गरेका थिए ।


काँवरिया संघका बाबाहरुले मित्र राष्ट्र भारतको विभिन्न प्रान्तका धार्मिक एवं एतिहासिक स्थल दर्शन गरि गंगा जल लिई माघ ८ गते नेपाल फर्किने र सोही दिन पर्सा जिल्लाको परिषद् एवं धार्मिक स्थल दुधेश्वरनाथ महादेव उर्फ भाठाधाममा जल चढाउने र विशेष पुजापाठ हुने गर्दछ । सो दिन नेपाल र भारतका लाखौ श्रद्धालुहरु दर्शन गर्न आउने गर्दछन् । भाठाधाम पर्सा बन्यजन्तु आरक्ष भित्र पर्छ र सोको सुरक्षा व्यवस्था नेपाली सेनाले गर्ने गरेको छ ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT
1355568
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top