जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


केन्द्रमामात्रै होईन, २ नम्बर प्रदेशमापनि हामी सरकार बनाउँछौं : मिश्र


राजनिति 44 पटक पढिएको दिलीप पाण्डेय




रौतहट, १८ मंसिर । रौतहट क्षेत्र नम्बर ४ का लागि वाम गठबन्धनका तर्फबाट उम्मेद्धवार रहेका एमाले नेता डा. वंशिधर मिश्रले जनता वाम गठबन्धनको पक्षमा भएकोले यो निर्वाचनमा बहुमत ल्याउनबाट कसैले नरोक्ने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले गौरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले थपे,‘हामीले शान्ति, स्थायित्व, विकास र समृद्धिको नारा दिएका छौं । क्रमशः यी नाराहरु पूरा गरेर लैजान्छौं ।’


क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले मधेशमा मात्रै नभएर सिँगो मुलुकमा नै जति विकास भएका छन् ती सबै आफूहरुले नै गरेको दाबी समेत गरे । उनले भने,‘मधेशमा जे जति विकास भएका छन्, यी सबै हामीले नै गरेको हो । यो मुलकुमा वामपन्थीहरुको बहुमतको सरकार बन्न सकेन, जसका कारण जनताले भनेकोजस्तो विकास भएको थिएन, अब निर्वाचनपछि हामी बहुमतको सरकार बनाउँछौं।’


आफूहरु संविधान संशोधन नै गर्नुहुँदैन भन्ने पक्षमा नभएको भन्दै मिश्रले थपे,‘हामी संविधान संशोधन गर्न सक्छौं । वाम गठबन्धनको स्पष्ट रुपमा बहुमत आउँछ । २ नम्बर प्रदेशमा हामी सरकार बनाउँछौं । प्रतिनिधि सभामा हामी भारी मतले जित्छौं । २ नम्बर प्रदशेमा आरामदायी बहुमत आउँछ ।’


उनले अब बन्ने सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नेपनि दाबी गरे । उनले थपे,‘सवाल केपी ओलीको होईन, देउवा प्रधानमन्त्रीजी निराशामा हुनुहुन्छ। उहाँले वाम गठबन्धनको बहुमत रौक्ने सक्नुहुन्न, जनताले बागडोर केपी शर्मा ओलीलाई सुम्पिँदैछन, ओलीमात्रै होईन प्रचण्ड पनि हुनुहुन्छ ।’


एमाले हिजोपनि मधेशविरोधी पार्टी नभएको र आजपनि नभएको उनको जिकिर थियो । उनले थपे,‘हामी सँधै मधेशी जनताको पक्षमा छौं । मधेशका हरेक समस्या समाधान गर्न लागिपर्ने पार्टी एमाले हो । यो क्षेत्रमा म चुनाव जित्छु । यहाँ १४ हजार मतले हामी अघि छौं ।’





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89121
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top