जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


ढुक्क हुनुहोस कांग्रेसले बहुमत ल्याउँछ देवी तिमिल्सिनाल


राजनिति 35 पटक पढिएको दिलीप पाण्डेय




रौतहट, १८ मंसिर । नेपाली कांग्रेसबाट प्रतिनिधि सभाका लागि उम्मेद्धवार बनेका देवी तिमिल्सिनाले अबको निर्वाचनमा कांग्रेसले नै बहुमत ल्याउने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाले आयोजना गरेको “मेरो भोट मेरो सवाल” कार्यक्रम गरुडा नगरपालिकाको मेथुर चौक स्थित शाखाका अध्यक्ष अभिमनु कुमार पटेलको अध्यक्षतामा भएको थियो ।


उनले यस्तो दाबी गरेका हुन् । ‘अबको निर्वाचनमा कांग्रेसको बहुमत आउँ, मधेशबाट अब विमलेन्द्र निधि प्रधानमन्त्री बन्नुहून्छ । यसमा कुनै दुई मत छैन, मधेशमा मात्रै केन्द्रमा पनि कांग्रेसले नै सरकार बनाउँछ।’

तिमिल्सिनाले मधेश र मधेशी जनताको लागि लड्न सक्ने पार्टी नै कांग्रेसमात्रै भएको जिकिर गरे । उनले थपे,‘मधेश र मधेशीहरुको अधिकारको लागि हामी कहिल्यै पनि सम्झौता गर्दैनौं, यहाँको जनताको लागि कांग्रेसमात्रै भीड्न सक्छ, यहाँको विकास र समृद्धिको लागि हामी काम गर्छों । चुनाव हाम्रो पार्टीले जित्छ ।’

नेता तिमिल्सिनाले उक्त क्षेत्रमा यसअघि पत्रकार ऋषि धमला चुनाव लड्न आउने कुरा भएको भएपनि अन्त्यमा धमला नआएपछि आफू चुनाव लडेको सुनाए । उनले भने,‘अहिले नआएपनि पछि आउन सक्नुहुन्छ । मैले यो क्षेत्रमा ऋषि धमलालाई आउन आँफैले आग्रह गरेको थिएँ, तर उहाँ आउनुभएन अब म मैदानमा छु ।’





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89128
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top