जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


रौतहटमा उम्मेदवारलाई पैसा दिँदै मतदाता


राजनिति 28 पटक पढिएको रासस




१८ मंसिर, रौतहट । धेरै ठाउँको निर्वाचनमा उम्मेदवारले मतदातालाई रकम बाँडेको चर्चा भइरहँदा रौतहट प्रतिनिधिसभा क्षेत्र नं ३ मा भने ठीक उल्टो मतदाताले उम्मेदवारलाई पैसा दिएको पाइएको छ ।

जिल्लाको मौलापुर नगरपालिकाको चिरचिरिया, भरहरी, नवलपुरलगायतका क्षेत्रमा घरदैलाको क्रममा पुगेका उम्मेदवारलाई मतदाताले टीका लगाएर आशिर्वाद दिँदै सहयोग रकम दिने गरेका छन् । कतिपय मतदाताले उम्मेदवारलाई पैसाकै माला लगाइदिने गरेका छन् ।

मतदाताले रकम मात्रै होइन लड्डु, मिठाई, जुस जस्ता खाद्यपदार्थ उम्मेदवार र प्रचारटोलीलाई खुवाउँछन् । प्रचारको क्रममा मतदताले दिने लड्डु, मिठाइ खाँदा दिनभरी पेट खाली हुन नपाउने निर्वाचन प्रचारप्रसारमा संलग्न सदस्यहरू बताउँछन् ।

यो क्षेत्रमा प्रचारप्रसारमा नेकपा एमाले र माओवादी केन्द्रका साझा उम्मेदवार बन्नुभएका विना विभागीय मन्त्री प्रभु साहलाई घरदैलोको क्रममा मतदाताले रकम दिएपछि सुरुका दिनमा केही अनौठो र असहज लाग्यो ।

सुरुवातमा पैसा लिन आनाकानी गर्दा मतदाता खिन्नभएको र रिसाएको पाएपछि उनीहरूलाई खुसी पार्नकै लागि भएपनि उम्मेदवार साहले रकम लिन थाले । उनले भने, मतदाताले टीका लगाइदिँदै आशिर्वाद दिएर हातमा प्रसाद भन्दै रकम थमाई दिनुहुन्छ । नलिउँ भने रिसाउनुहन्छ।’

उम्मेदवारलाई थोरै भएपनि सहयोग होस् भनेर राजी खुशी साथ आफूहरूले रकम दिएका स्थानीय बताउँछन् ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश २ मा नागरिक निगरानी सुरु, ९ बुँदे सर्लाही घोषणापत्र जारी

मारबाडी समुदायलाई प्रदेश नं. २मा लगानी गर्न मुख्यमन्त्री राउतद्वारा आह्वान

उपमेयर ठाकुरद्धारा तात्कालिन मृतक परिवारलाई रु.२५ हजार नगद राहत

कञ्चनपुर गोलीकाण्डका घाइतेको उपचार धनगढीमा, २ जना कोहलपुर रेफर

मोदरसामा कम्प्युटर विवतरण

ठक्करबाट पत्रकार बिष्ट गम्भीर घाइते

प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

254042
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top