जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


आज चुनावप्रचारको अन्तिम दिन,मध्यरातदेखि मौन अवधि


राजनिति 13 पटक पढिएको


आज चुनावप्रचारको अन्तिम दिन,मध्यरातदेखि मौन अवधि


१८ मंसिर प्रतिनिधि तथा प्रदेशसभा दोस्रो चरण निर्वाचनअन्तर्गत आज राति १२ बजेबाट मौन अवधि सुरु हुँदै छ । मंसिर २१ हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसारका लागि आज अन्तिम दिन हो ।

 राजनीतिक दल र विभिन्न उम्मेदवारले आज मध्यरात १२ बजेसम्म मात्र प्रचार गर्न पाउने भएका छन् ।मध्यरात १२ बजेपछि मौन अवधि शुरु हुनेछ । मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा पनि प्रचार गर्न पाइने छैन । मौन अवधिमा फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालबाट समेत चुनावी प्रचार गर्न नपाईने आयोगले जनाएको छ ।


यता, निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सबैलाई सचेत पनि गराएको छ ।४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ तथा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन् ।





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



रौतहट क्षेत्र नम्बर १ मा दुई पूर्वमन्त्रीबीच तीव्र प्रतिस्पर्धा,कसले मार्ला बाजी

नेपाली काँग्रेसले १ मतदाताको मुल्य ८ हजार तोकेपनि बाम गठबन्धन नै जित्ने - पूर्व मन्त्री मो. मुस्ताक अालम

राजपाको प्रचार प्रसारमा प्रहरी हस्तक्षेप, कारवाहीको माग

निर्वाचनमा के गर्दै छन् डा सीके राउत

स्वतन्त्र उम्मेदवार सिंहको भव्य घरदैलौ मिठुवामा ।

पहिलो चरणको मतदान शान्तिपूर्ण, ६५ प्रतिशत मत खस्यो

रौतहट क्षेत्र न. १ का राजपा विधायक उम्मेदवार पुर्व मेयर शाहप्रति जनताको आकर्षण बढदै

प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचन आज ३२ जिल्लामा हुँदै

घरअगाडि नेता भण्डारीको शक्तिशाली बम विस्फोट
PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

254541
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top