जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


अज्ञात समूहले गोली चलाउँदा दुई सुरक्षाकर्मी गम्भीर घाइते


समाज 15 पटक पढिएको


 अज्ञात समूहले गोली चलाउँदा दुई सुरक्षाकर्मी गम्भीर घाइते


१० मंसिर, सिराहा । सिरहाको निरदनामा अज्ञात समूहले चलाएको गोली लागेर दुई जना जना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् ।

आइतबार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यत उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिराहले जनाएको छ ।

गोली कसले र किन चलाएको भन्ने खुलेको छैन ।

मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ ।घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला, धरान लगिएको छ । सिराहामा यसअघि दुई स्थानमा बम विस्फोट भएका थिए ।विस्फोटको कसैले जिम्मा नलिएपनि तराईमा भूमिगत समूह जयकृष्ण गोइत समूहको पर्चाहरु भेटिएका छन् ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

254043
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top