जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


इटहरी – कोशी राजमार्ग एम्बुलेन्सको ठक्करबाट तीनको मृत्यु


समाज 7 पटक पढिएको


इटहरी – कोशी राजमार्ग एम्बुलेन्सको ठक्करबाट तीनको मृत्यु


४ मंसिर, इटहरी – कोशी राजमार्ग अन्तर्गत इटहरी ४ स्थित हलगडामा गएराती एम्बुलेन्सको ठक्करबाट स्कुटरमा सबार तीनजनाको मृत्यु भएको छ । राती ११ बजेको समयमा धरानदेखि इटहरी तर्फ आउदै गरेको को१च ७००९ नम्बरको एम्बुलेन्सले को२२प ४६७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट मृत्युहुनेहरुमा इटहरी २ का ४५ वर्षीय डुकबहादुर कार्की, ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्ले रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । उनिहरु सबैको उपचारको क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको इटहरीका डिएसपी संञ्जय बहादुर राउतले बताए ।


राउतले मृत्यु भएकाहरु एउटै स्कुटरमा सबार थिए या छुट्टाछुट्टै थिए भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकरी दिए । ठक्कर दिने एम्बुलेन्स र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एम्बुलेन्स इटहरी १ मा रहेको लाल बहादुर पोखरेल स्मृति सेवा समाज रहेको बताइएको छ ।रासस





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

269941
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top