जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


नागरिकता फाटको प्रशासकीय अधिकृत अंसारीद्वारा पत्रकार पटेलमाथि दुर्वयवहार


समाज 214 पटक पढिएको दिलीप पाण्डेय


नागरिकता फाटको प्रशासकीय अधिकृत  अंसारीद्वारा पत्रकार पटेलमाथि दुर्वयवहार


रौतहट १५ कार्तिक— रिपोर्टर्स क्लब नेपाल रौतहट शाखाका अध्यक्ष पत्रकार अभिमनु कुमार पटेललाई जिल्ला प्रशासन कार्यालय रौतहटको नागरिकता फाटको सेक्सन मो।आबिद अंसारीले दुव्र्यवहार गरेका छन् ।

परोहा नगरपालिका वडा नं ८ साविक नरकटिया गाविस ९ मोतिपुर टोलका हरेन्द्र प्रसाद कुर्मीको छोरा प्रेरनान्द कुमार पटेलको नागरिकता बनाउनको लागि मजदूर गरिब बुवा छोराले ३ दिन देखि लगतार पुरै कागजात लिएर कार्यालयमा धौउ धौउ गर्दा पनि त्यो फाटका कर्मचारीहरुले आज भोली गरेकोले दिक हुदा पीडित नागरिकता लिने व्यक्तिले भोखभोखै बिहानै १० देखि बेलुका ५ बजे सम्म दिक भएर आज तेस्रो दिन पत्रकार अभिमनु कुमार पटेललाई अलि सहयोग गर्दिनु हुन आशाका साथ पीडितले आग्रह गरेको थियो ।

पत्रकार अभिमनु कुमार पटेलले नागरिकता बनाउने फाटमा जादा प्रशासकीय अधिकृत अंसारीले दिउँसो ३ बजे करिबमा आफनो सबै कामकाज छाडी मोबाईलमा फेसबुक चलाई पुरै मौज गरिरहेको बेला झालमा ५० भन्दा बढी नागरिकता लिने व्यक्तिहरुले कराईरहदा पनि प्रशासकीय अधिकृत अंसारीले कानमा तेल हालि मोबाइलमा ब्यवस्त रहेको थियो । पत्रकार पटेलले अंसारी नजिक पुग्दा यो काम गरिदिनु अनि यसमा कुन कागजात चाहियो भने भन्नू न भन्दा तिमीको किन भित्र आईस जस्तो अशब्द भाषा बोल्ने वितिकै यस्तो कुरा तपाई लाई सुहाएन भने यसलाई बाहिर गर छिटो अंसारीले भनेका हुन ।


अनि त्यही वेला एक जना लिखन्दासले ५ जनाको नागरिकत बनाउने ठिकापठा लिएर सिधै भित्र पसि आफै सबै कार्यालयको फाईलहरू खोलेर काम गराउन थालेपछि पत्रकार पटेलले यो के भएको छ भनी निकास हुदै बाहिर आएर बस्दा प्रशासकीय अधिकृत मो।आबिद अंसारीले  तिमी को हो किन तिमीले मेरो कार्यालयको बारे टिप्पणी गर्ने भन्दै उनीमाथि दुर्ववहार गरेका हुन ।

प्रशासकीय अधिकृत अंसारीले मेरो कार्यालय छ यसमा तिमीको बोल्ने, अहिल यहाँ जेपनि गर्न सक्छु भन्दा हिड तिमी प्रमुख जिल्ला अधिकारी कहाँ  भनेर सशस्त्र प्रहरीको एक जना प्रहरी सहायक निरीक्षक र कार्यालय सहयोग लगाई गाली गलौजी समेत गराएका पीडित पत्रकार पटेलले बताएका छन ।






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



हावाहुरी पिडित तथा विपन्न परिवालाई खाद्यान सामाग्री बितरण

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

ट्राफिक तथा सडक अनुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न

रौतहटमा लुकाईछुपाई तस्करी शस्त्र प्रहरी द्वरा लाखौंको कपडा बरामद।

कुष्ठरोग निवारण सम्बन्धी अन्तरक्रिया

भन्सार छलीका अबैध समान प्रहरी द्वरा पक्राउ

राजपुर नगरपालिकाको वचन अनुसार नगरको प्रत्येक कच्ची बाटो पिच गर्न : मो सकिल

बारा र पर्सामा हावाहुरी बाट पीडित परिवारलाई नेकपा नेता साहको ब्यक्तिगत सहयोग

रुकुममा असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 NEXT

ताजा समाचार


धेरैले पढेको

1067336
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top