जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
मनोरञ्जन


‘टाइगर जिन्दा हे’मा सलमान र कट्रिनाको एक्सन अवतार


मनोरञ्जन 29 पटक पढिएको


‘टाइगर जिन्दा हे’मा सलमान र कट्रिनाको एक्सन अवतार


नायक सलमान खान आफ्नी पूर्व प्रेमिका कट्रिना कैफको साथमा फेरि एकपटक एक्सन अवतारमा देखिएका छन् । डिसेम्बर २२ तारिखबाट रिलिज हुन लागेको चलचित्रका फस्टलुक रिलिज भएको छ ।

नायक सलमान खानले आफ्नो ट्विटरबाट चलचित्रको फस्टलुक सार्वजनिक गरेका हुन् । उनले ‘टाइगर इज ब्याक’ लेख्दै फस्टलुक पोष्ट गरेका हुन् । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रको फस्टलुकमा सलमान र कट्रिना एक्सन अवतारमा देखिएका छन् । चलचित्र ‘एक था टाइगर’को सिक्वेलको रुपमा निर्माण भएको चलचित्रले बक्स अफिसमा धमाका मच्चाउने धेरैको विश्वास छ ।

यो चलचित्रमा हलिउड निर्देशकले एक्सनको निर्देशन गरेका छन् । यसैले पनि यो चलचित्रको एक्सन विशेष रहेको धेरैको अड्कल छ । अली अब्बास जफरले यो चलचित्रको निर्देशन गरेका हुन् ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको


102247
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top