जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी


शिक्षा / स्वास्थ्य 21 पटक पढिएको दिलीप पाण्डेय


प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी


रौतहट असोज ३० । रौतहट जिल्लाको परोहा नगरपालिका वार्ड नंबर ९ रामपुरखाप टोलमा रहेको प्राथमिक बिधालयमा प्रधानाध्यापक मो.दविर आलमको लापरवाहीको कारण दिनप्रतिदिन बिद्यालयमा विद्यार्थीहरु अनुपस्थित हुँदै गईरहेका छन । सरकारी बिधालय भएता पनि अहिले सम्म जिल्ला शिक्षा कार्यालयबाट अनुगमन पनि न आएको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष सत्यनारायण राउतले जनाएको छ ।

विद्यालयमा शिक्षा र सरस्वतीको अडा भएता पनि शिक्षकहरु बसिबसि आफ्नो तलब पकाईरहेका छन । यस विद्यालयको अवस्था ९ बर्ष देखि यस्तै चलिरहेको स्थानीयबासीहरु जनाएका छन । 

श्री प्रा.वि. रामपुरखाप विद्यालयमा कुनै समस्या उत्पन्न हुन साथ बिधालयबाट भाग्ने तथा अनुपस्थिति भएको नगरवासिहरुको गुणासो रहेको छ । त्यस्तै दरबन्दी सम्बन्धि विद्यालय व्यवस्थापक समितिलाई नै जानकारी नदिई आफ्नो मनमौजी तरिकाले शिक्षकलाई सरुवा गर्ने गराउने गर्दै आइरहेको छन् । 

भर्खरै नियुक्त भएको शिक्षक जय बालक भगतबाट प्र.अ. आलम पैसाको चलखेल गरी कैलालीबाट श्री प्रा.वि. रामपुरखापमा नियूक्त गरेको कुरा सुन्दै व्यवस्थापक समितिको अध्यक्ष सत्यनारायण राउत सहित सबै सदस्यहरु विद्यालयमा आई जान्न खोज्दा प्र.अ. आलम विद्यालयबाट भागेको कुरा राउतले बताएका छन् ।


त्यस्तै विद्यालय व्यवस्थापक समितिलाई जानकारी नै नदि विधालयमा राख्नुपर्ने हाजरी रजिष्टर विधालयमा नरहेको शिक्षक, अभिभावक तथा व्यवस्थापक समितिको अध्यक्षले बताएका छन् ।

शिक्षकहरुको हाजरि रजिष्टर विद्यालयमा नरहेको हुँदा स्थानीयवासि तथा अभिभाकहरु आक्रोषित भएका थिए । प्र.अ.आलमलाई पटक पटक फोन गर्दा फोन नउठाउने, मोबाइल अफ गर्ने, उठाएपनि म आउँदै छु भनेर फोन काटने गरेको क्रियाकलापले गर्दा झन व्यवस्थापन समितिका अध्यक्ष सहित सदस्यहरु तथा अभिभावकहरु आक्रोषित भएका थिए । 

आक्रोषित भएका व्यवस्थापक समितिका अध्यक्ष लगायत अन्य सदस्यहरु तथा अभिभावकहरुले विद्यालयमा तालाबन्दि गरेका छन् । 






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा

किन कठिन बन्दैछ एसइई परीक्षा

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन

प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी

साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस

रौतहटमा प्र अ साहको कारण बिधालयमा बिधार्थी न्युन साह सहित ८ शिक्षक तलव पकाउदै।

उप मेयरद्धारा गौर अस्पतालको छडके निरिक्षण स्वास्थ्यमा लापरवाही बरदास्त नहुने चेतावनी

एकदिवसीय निशुल्क स्वास्थ्य शिविर संपन्न ।
1 2 3 4 NEXT

ताजा समाचार


धेरैले पढेको


102748
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top