जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस


शिक्षा / स्वास्थ्य 23 पटक पढिएको


साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस


अश्विन 28, शनिबार फिदिममा लाग्ने शनिबारे हटियामा निशुल्क अण्डा वितरण गरिएको छ । साबुन पानीले मिचेर हात धुने जोकोहिले सित्तैमा अण्डा खान पाएका हुन् । अण्डा खान आउनेलाई साबुनपानीले कसरी हात धुने र अण्डा खाँदा के के फाइदा हुन्छ भनेर समेत सिकाइएको थियो । शनिबार विहानै सदरमुकामको बजारमा तरकारी किन्न पुगेका सयौ सर्बसाधारणले निशुल्क अण्डा खाएका थिए ।

नेपाल जनउद्धार संघ र सुआहारा कार्यक्रमले विश्व अण्डा दिवस तथा हातधुने दिवसको अवसर पारेर फिदिम बजारमा अण्डा विभिन्न परिकार सर्वसाधारणलाई खुवाएको थियो । पोषण र स्वास्थ्यको क्षेत्रमा विविध कार्यक्रम गर्दै आइरहेका उक्त संस्थाहरुले विश्व अण्डा दिवस तथा हातधुने दिवशको अवसरमा अनौठो किसिमको कार्यक्रम गरेका हुन् ।करिव ५ सय वटा अण्डा खुवाइएको जनउद्धारसंघका कार्यक्रम संयोजक निमेश कोइरालाले जानकारी दिए । सर्बसाधारणलाई साबुन पानीले हात धुदाको फाइदा र अण्डामा रहेको पौष्टिक तत्वको विषयमा सर्बसाधारणलाई जानकारी दिन अनौठा तरिका अपनाइएको सुहारा कार्यक्रम पाँचथरका संयोजक भरत शर्माले बताए । हाट भर्न आएका वालबालिका देखी बृद्ध बृद्धाले समेत साबुन पानीले हात धोएर अण्डा खाएका थिए ।रासस





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा

किन कठिन बन्दैछ एसइई परीक्षा

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन

प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी

साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस

रौतहटमा प्र अ साहको कारण बिधालयमा बिधार्थी न्युन साह सहित ८ शिक्षक तलव पकाउदै।

उप मेयरद्धारा गौर अस्पतालको छडके निरिक्षण स्वास्थ्यमा लापरवाही बरदास्त नहुने चेतावनी

एकदिवसीय निशुल्क स्वास्थ्य शिविर संपन्न ।
1 2 3 4 NEXT

ताजा समाचार


धेरैले पढेको


102746
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top