जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
शिक्षा / स्वास्थ्य


उप मेयरद्धारा गौर अस्पतालको छडके निरिक्षण स्वास्थ्यमा लापरवाही बरदास्त नहुने चेतावनी


शिक्षा / स्वास्थ्य 8 पटक पढिएको दिलीप पाण्डेय


उप मेयरद्धारा गौर अस्पतालको छडके निरिक्षण स्वास्थ्यमा लापरवाही बरदास्त नहुने चेतावनी


अश्विन २६ रौतहट गौर नगरपालिकाका उप मेयर किरण ठाकुरले गौर अस्पतालको छडके निरेक्षण गर्नु भएको छ । बिहिवार जिल्ला स्वास्थ्य कार्यालय पुगि त्यहाँ बाट संचालित सेवा को अनुगमन निरक्षण गर्नु भएको हो । गौर अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवा आम जनताले सजिलै उपभोग गर्न नसकेको ब्यापक गुनासो आए पछि उप मेयर किरण ठाकुरले छडके अनुगमन गरेको बताएको हो ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत र संचारकर्मीहरु समेतको टोली लिई उप मेयर ठाकुरले गौर असपतालको प्रत्येक शाखा र त्याहाँ बाट प्रवाह हुने सेवाको अनुगमन गर्नु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयमा ११ बजे पुग्नु भएका उप मेयर ठाकुरले आम जनताबाट आएको गुनासो अनुरुप त्याहाँको अवस्था अति नै बिग्रिएको पाईएको थियो ।

अनुगमनको क्रममा कर्मचारीको अनुपस्थिति सरसफाई को कमी र आम सेवाग्राहीले स्वास्थ्य सेवा पाउन भोगी रहेको अफठयारो जस्ता समस्या देखा परेको थियो ।

उप मेयर किरण ठाकुरले निरिक्षण पशचात कार्यालय प्रमुख डा.कृष्णा साहलाई स्वास्थ्य जस्तो संवेदनशील निकायमा यस्तो अवयतस्यित तथा कर्मचारीहरु आ आफनो दायित्व पुरा नगर्नु र जनताले पाउनु पर्ने स्वास्थ्य सेवा बाट बन्चित गराउने कुनै पनि गतिबिधि सहन नसकिने भएकोले कर्मचारीहरुलाई कर्तब्यबोध गराई आ आफनो दायित्व पुरा गर्न निर्देशन जारी गर्न र कडाई का साथ प्रस्तुत हुन निर्देशन दिनु भयो ।

कार्यालय प्रमुख डा कृष्णा शाहले कर्मचारी अभाव र पुरानो व्यवस्थाका कारण गुनासो आउनु स्वभाविक भएको स्वीकार गर्दै केही दिन अगाडी मात्र आफु यस कार्यालयमा पदभार ग्रहण गरेको ले छिटो कार्यालय तथा यहाँबाट प्रवाह हुने सेवाहरुलाई चुस्तहठस्त बनाउने आफनो पहिलो प्राथमिकता भएको उप मेयर किरण ठाकुरलाई विश्वास दिलाउनु भयो ।

अनुगमन पस्चात उप मेयर ठाकुरले स्वास्थ्य ,शिक्षा ?खानेपानी ,कृषी जस्ता अति सम्वेदनशील निकायमा कुनै किसिमको लापवाही सहन नसकेको संचारकर्मीहरुलाई प्रतिकृया दिनु भयो ।  






कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



कक्षा ११ र १२ को परीक्षा केन्द्र निर्धारण

योनीमा किन आउँदैन रस : यसले किन बनाउँछ सेक्सलाई निरस यस्तो छ, फेमिली थेरापिस्ट करुणा कुँवरको सल्लाह

कर्मचारीको मनपरी दिउँसो २ बजे नै बन्द गर्छ जनकपुरको खोप सेवाकेन्द्र

कक्षा ११को नियमिततर्फको नतिजा सार्वजनिक, नतिजा ग्रेडिङमा

किन कठिन बन्दैछ एसइई परीक्षा

२ मिनेट मै अनुहारको दाग हटाई छालामा चमक ल्याउने निकै सरल उपाय-बनाउने विधि र चाहिने समान सहित

कक्षा ११ को परीक्षा विद्यालयबाटै सञ्चालन

प्र.अ. मो.दविर आलमको मनमौजीको कारण विद्यालयमा तालाबन्दी

साबुन पानीले हात धुनुहोस, निशुल्क अण्डा खानुहोस
1 2 3 4 NEXT

ताजा समाचार


धेरैले पढेको

178561
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top