१३ वर्षपछि फरार अभियुक्त पक्राउ
जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


१३ वर्षपछि फरार अभियुक्त पक्राउ


समाज 12 पटक पढिएको


 १३ वर्षपछि फरार अभियुक्त पक्राउ


अश्विन 25, बुधबार पर्वत प्रहरीले १३ वर्षदेखि फरार जन्मकैद सजायका अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीले कुश्मा नगरपालिका–९ कटुवाचौपारीका अर्जुन बैरागीलाई १३ वर्षपछि पक्राउ गरेको हो ।

कर्तव्य ज्यान मुद्दाका बैरागीलाई सर्वोच्च अदालतले २०६१ साउन २६ मा जन्मकैदको सजाय सुनाएको थियो । प्रहरीले विभिन्न अघिल्लो समय प्रहरी हिरासतमा रहँदाको सजाय अवधिलाई कट्टा गरी ७ वर्ष ११ महिना सजाय भुक्तान गर्न बाँकी रहेको भन्दै कारागार चलान गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतद्वारा विभिन्न समयमा जिल्ला प्रशासन र जिल्ला अदालतद्वारा दण्ड जरिवानामा रहेका अन्य फरार अभियुक्तलाई समेत पक्राउ गरी जिल्ला अदालतमा पेश गरेको छ । रासस





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

35039
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi@gmail.com; rajdevidainik@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top