जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


सप्तरी र सर्लाहीमा गोली चल्दा एकजना हत्या र एकजना घाइते


समाज 11 पटक पढिएको


सप्तरी र सर्लाहीमा गोली चल्दा एकजना हत्या र एकजना घाइते


२५ असोज, काठमाडौं । सप्तरी र सर्लाहीमा मंगलबार बेलुका गोली चल्दा एकजनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् ।

सर्लाहीमा अज्ञात समूहको गोली प्रहारबाट एक सुन व्यापारीको ज्यान गएको हो ।मंगलबार साँझ ७ बजे हरिपुर नगरपालिकास्थित पिडारीबाट पसल बन्द गरेर घर फर्कँदै गरेका कविलासी गाउँपालिका–३ पिपरिया बस्ने २७ वर्षीय सुनिल साहको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

मृतकका पिता नागेन्दर साहका अनुसार साँझ पसल बन्द गरेर मोटरसाइकलमा घर फर्कंदै गर्दा बाटो ढुकेर बसेका तीनरचार जनाको समूहले मोटरसाइकल रोक्न लगाएर साथमा रहेको नगद तथा सुन, चाँदी लुटन खोजेका थिए ।सर्लाही प्रहरीका अनुसार प्रतिकार गर्न खोज्दा लुटेराले सुनिलको च्यापुमुनि गोली हानी हत्या गरी मृतकका पिता नागेन्दर साहको झोलामा रहेको नगद तथा सुन, चाँदीसमेत लिएर फरार भएका छन् ।

गम्भीर घाइते साहलाई उपचारका लागि सर्लाही जिल्ला अस्पताल पुर्याइएलगत्तै अस्पतालले मृत घोषणा गरेको थियो ।


जिल्ल प्रहरी कार्यालय, सर्लाहीका प्रहरी उपरीक्षक मसाउद आलम खाँले गोली हानी फरार समूहको खोजी भइरहेको जानकारी दिए ।

उता, सप्तरीको सुरुङ्गा नगरपालिकामा मंगलबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर एकजना घाइते भएका छन् । सुरुङ्गा नगरपालिका–६ स्थित त्रियुगा डिस्टिलरी प्रालिका सुरक्षा गार्ड नवराज कोइरालाल अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका हुन् ।

ड्युटीमा रहेका कोइरालामाथि मंगलबार राति ७ः३० बजेतिर गोली प्रहार गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी मुकेश कुमार सिंहले जानकारी दिए ।

कोइरालाको कम्मरमा गोली लागेको छ । उनको अवस्था सामान्य रहेको र अस्पतालबाट समेत डिस्चार्ज भइसकेको जानकारी प्रहरीले दिएको छ । गोली प्रहार गर्ने समूह फरार छ । कोइरालामाथि किन गोली प्रहार गरियो भन्नेबारे हालसम्म केही पनि खुलेको छैन । एसपी सिंहले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए । रासस





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

87390
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top