युटेरस रोगबाट ग्रसित दलित महिलालाई आर्थिक सहयोग
जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


युटेरस रोगबाट ग्रसित दलित महिलालाई आर्थिक सहयोग


समाज 1568 पटक पढिएको अभिमनु कुमार पटेल


युटेरस रोगबाट ग्रसित दलित महिलालाई आर्थिक सहयोग


रौतहट २५ असोज । युटेरस रोगबाट ग्रसित दलित महिलालाई उपचार गराउनका लागि आर्थिक सहयोग गरिएको छ । रौतहटको हाल क्षेत्र नं २ बौद्धीमाई नगरपालिकाका वडा नं १ अजगैवी टोल निवासी रामचन्द्र महरा चमारकी ४० वर्षीय दया महरा चमार युटेरस रोगबाट ५ वर्ष भन्दा बढी समय देखि ग्रसित रहनु भएकोले उहाँको उपचार गराउनको हुन समाजसेवी युरोपको बेल्जियमा बस्दै आईरहनु भएकी क्षत्री समाज बेल्जियको महासचिव एवं एन।आर।एन।नि।वर्तमान उपाध्यक्ष यसोदा थापा र होलैण्डमा बस्ने नेपाली चर्चित अभिनेत्री बर्षा खडका दुबै जना संयुक्त रुपमा आफनो व्यक्तिगत तर्फबाट पीडित महरालाई सहयोग गर्नुभएकी छिन ।

सो सहयोग गर्ने क्रममा समाजसेवी चर्चित अभिनेत्री खडकाले गरिब, असहाय र दलित महिलाहरुमा कुनै किसिमको रोग लाग्यो भने उपचार गराउन नसकेपछि हामीले थाहा पाए भने सक्दो मानवीय दायित्व निर्वाह गर्न तयार र रौतहट लगायत अन्य ठाउँमा थरि थरिको सहयोग गरिदै आईरहेकी अभिनेत्री खडकाले फेरी पुन्ह सक्दो सेवा गर्न बताएकी हुन ।


महराकी परिवारीक आर्थिक अवस्था पुरै असाध्य नै कमजोर रहेको छ । उहाँको ७० वर्षको बृद्ध श्रीमान, २ छोरा र ३ छोरी भएकोले एक क्षाक खाना खानको लागि धौउ धोैउ परिरहेकै वेला थपदुख युटेरस रोगले झन पीडित बनाएकोले उपचार गराउनका लागि समाजसेवी थापा र खडकाले आर्थिक रकम सहयोग गर्नु भएकी छिन ।






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

35015
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi@gmail.com; rajdevidainik@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top