जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
राजनिति


राजपाका केन्द्रिय महासचिव सुरिता साहको नाम महोत्तरीको तिन क्षेत्रबाट सिफारिस


राजनिति 3 पटक पढिएको


राजपाका केन्द्रिय महासचिव सुरिता साहको नाम महोत्तरीको तिन क्षेत्रबाट सिफारिस


महोत्तरी । राजपाका केन्द्रिय महासचिव तथा पुर्व राज्यमन्त्री सुरिता साहको नाम महोत्तरीको क्षेत्र नं २,३ र ४ बाट सिफारिस गरिएको छ ।

राजपा महोत्तरीबाट उनको नाम केन्द्रिय कार्यालयमा सिफारिस भएकोमा सो सिफारिसमा तिन क्षेत्रले उनको नाम प्रस्तावित गरेको थियो । नेतृ साह विगतमा संगठन निर्माण गर्ने देखि लिएर क्षेत्र नं २ मा राजपालाई विस्तार गर्न अहम भुमिका निभाएर चर्चामा रहेकि छिन । उनी सो क्षेत्रमा कुशल महिला नेतृ को रुपमा परिचित छिन ।

यता सोहि क्षेत्रवाट केन्द्रिय अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारी समेत प्रतिनिधी सभाको चुनावमा लड्ने ईच्छा व्यक्त गरेका छन । यस सम्बन्धमा नेतृ साहले अध्यक्ष मण्डलका सदस्य भण्डारी क्षेत्र नं २ बाट चुनाव लड्ने पक्का गरे आफु सो क्षेत्रबाट व्याक हुने बताईन ।

नेतृ साह मधेश आन्दोलनको वेला आन्दोलनमा सकृय सहभागिताले समेत चर्चामा रहने गरेकि छिन । २०७० सालमा भएको प्रतिनिधी सभाको निर्वाचनमा महोत्तरीको तत्कालिन क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवार चन्देश्वर झासंग १२० मतको झिनो मतान्तरले सुरिता साह पराजित भएकि थिईन । हाल चन्देश्वर झा समेत राजपा मै प्रवेश गरिसकेका छन ।रासस





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



प्रदेश सरकारले रौतहटलाई सौतेला ब्यवहार

प्रमुखलाई ६४ लाखको गाडी , वडाअध्यक्षलाई मोटरसाइकल वितरण, सदस्यलाई साइकल दिइने

प्रदेश २ मा नागरिकताको लागि कानुनी सहयोगको व्यवस्था गर्ने

प्रदेशको नाम मधेस र भाषा हिन्दी अस्वीकार्यः यादव

फोरमको संसदीय दलको प्रमुख सचेतकमा अरगरिया

१६ सय जनप्रतिनिधि कारबाहीमा, जरिबानासहितको विवरण पेस गर्न अख्तियारको पत्र

जनताले नाक खुम्च्याउनु पर्ने स्थिति आउन नदिने हिसाबले काम गर्दै छौः उप प्रमुख अञ्चला चौधरी

प्रेस फोरम रौतहटको कार्यालय उदघाटन

इशनाथ नगरपालिकाको औरैया दारु तस्करको लाल किल्ला ।
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 NEXT

ताजा समाचार


धेरैले पढेको

206676
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top