जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
समाज


रौतहटमा राहत बाँड्दै बलिउड अभिनेत्री मनिषा कोइराला


समाज 1 पटक पढिएको


रौतहटमा राहत बाँड्दै बलिउड अभिनेत्री मनिषा कोइराला


७ भदौ, रौतहट । जिल्लाका विभिन्न स्थानका बाढी पीडित महिलाहरुलाई राहत बाँड्न बलिउड अभिनेत्री मनिषा कोइराला रौतहट आएकी छिन ।

यूएनएफपीएको गुडवील एम्बेसेडर समेत रहेकी मनिषा यतिवेला रौतहटका बाढीबाट प्रभावित भएका बस्तीमा पुगेर स्थानियलाई राहत बाँड्न व्यस्त छिन् ।बाढीका बेलामा खासगरी किशोरी, तथा गर्भवती महिला तथा आमाहलाई विभिन्न समस्या आउन सक्छ ।अभिनेत्री कोइरालाले भनिन,घरवार बिहिन भएर खुल्ला स्थानमा बसिरहेका महिलाहरु जोखिममा पर्ने सम्भावना बढी हुन्छ । उनीहरुका लागी आवश्यक कपडा सहितको राहत प्याकेज हामीले बाँडेका छौं ।बाढी प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी, एकल महिला तथा फरक क्षमता भएका ८६ महिलाहरुलाई मर्यादा सामग्री वितरण गरेको उनले बताइन् ।

रौतहटको गौरमा संचारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेसम्मकै सबै भन्डा डरलाग्दो बाढीका कारण घरवारविहीन भएका परिवारलाई उचित रुपमा बसोबास गराउनु पर्ने, समुचित घरको व्यवस्थापन, बसोबास गरिरहेको टेण्टमा सुरक्षाको पूर्ण ग्यारेण्टी हुनु पर्ने तथा पर्याप्त रुपमा राहत प्याकेजको व्यवस्थापन हुनुपर्ने आवश्यक रहेको बताइन् ।बाढीबाट सबै भन्दा प्रभावित बस्तीहरुमा स्थलगत रुपमा अनुगमन गरी उनीहरुलाई तत्काल चाहिने अत्यावश्यक सामग्रीहरु यूएनएफपीएको मार्फत वितरण गरेको कोइरालाले बताइन् ।मनिषाले रौतहटको बसन्तपट्टीमा राहत वितरण गरेकी थिइन भने यूएनएफपीएले राहत बाँडेका अन्य स्थानका स्थानीयहरुसँग भेटघाट समेत गरेकी थिइन् । मनिषा सँगै यूएनएफपीएका कन्ट्री डाइरेक्टर जुलिया भेलेसी समेत रौतहट आएकी थिइन् ।रासस





कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु



स्थानियको गुनासोमा भठी तोडफोड , भठी संचालकलाई उनमुक्ति प्रति भठी १५ हजारको मासिक घुमुवाद्धारा उठाउने गरेको खुलासा

मनोज पुन काण्ड : हत्या कि इनकाउण्टर ।

बज्जिका भाषा विकास समारोह २०७४ भव्यताका साथ सम्पन्न

वीरगञ्ज नाकाबाट मात्रै ४३ अर्बको इन्धन आयात

रौतहटमा शस्त्र प्रहरी द्वरा ब्वाईलर कुखुरा पक्राउ ।

तीनकुनेमा फेला परेको शंकास्पद वस्तु बम

विजयपुरमा बम विष्फोट, प्रहरी र पत्रकार घाइते

पहिलोपटक वडा कार्यालय द्वरा छात्राहरुलाई कम्प्युटर तालिमका प्रमाण पत्र हस्तान्तरण ।

पानीट्याङकरले ठक्करदिँदा दुईको मृत्यु
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 NEXT

ताजा समाचार


धेरैले पढेको

124840
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top