जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
साहित्य/सिर्जना


कविता: वाद र विकास


साहित्य/सिर्जना 9 पटक पढिएको २०७४ जेष्ठ १० बुधवार


कविता: वाद र विकास


नेपाली साहित्यका सम्भावना बोकेका एउटा युवा कवि सन्तोष समर्पण समकालिन नेपाली साहित्य लेखनका परिचय खोज्दै गरेका अनुहार हुन । कम बोल्ने ज्यादा शब्दमा उतार्ने अर्को भाषामा भन्नेहो भने अन्तर्मुखी स्वभाव बोकेका एउटा कवि हृदय हुनुहुन्छ। आफ्ना शब्दलाई समाजको हितको निम्ति सदैव एउटा ज्वलन्त उर्जा बनाउनुहुन्छ उहाँका हरेक शब्द हरुले समाजकाई सम्बोधन गरीरहेको भानहुन्छ ।

विपिको समाजवाद राम्रो संग बुझेका छौं 

जतताको बहुदलीय जनवाद त कयौं पटक पढेकाछौं 

मार्क्सवाद, लेनिनवाद ,माओवाद कण्ठस्थ छ 

हरेक वाद, विचार ,सिद्धान्तमा हामी पोख्तछौं 

परिवर्तन भए, युग फेरियो पनि 

विभिन्न वादका नाममा 

तर 

विकास फेरिएन 

किन कि 

हरेक कुरालाइ विकासको सानो घेरामा थुन्दै आफ्नो वादको पक्षपोषण गर्यौ 

एउटा वादको अपुर्णता मै अर्को वाद जन्मायौ 

विकासलाइ आफ्नो वाद  सापेक्षतामा ढाल्यौ 

विकासलाइ स्वतन्त्र विकास हुन दिएनौ 

र 

कहिल्यै विकासलाई विकासवाद बनाएनौ ।।

 स्रोत: नव साहित्य 






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89187
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top