जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
साहित्य/सिर्जना


संस्मरण: धेरै अधुरा चाहनाहरू ।


साहित्य/सिर्जना 10 पटक पढिएको २०७४ जेष्ठ ०८ सोमबार


संस्मरण: धेरै अधुरा चाहनाहरू ।


सबैकुरा मान्छेले सोचेजस्तै हुनेभए, आज धेरै अभाबका खाडलहरू देख्न कहाॅ पाईन्थ्यो होला र ? तिनै अभाबको पछिपछि दुनियाँ कहाँ दौडिरहेको हुन्थ्यो होला र ? यस्तै यस्तै अधुरो चाहनाको एउटा आत्मकथाको शुरूवात म यसरी गर्न खोजिरहेको छु ।

आज भन्दा बाईस,तेईस बर्ष अघि रेडियो नेपाल बाट प्रशारण हुने कार्यक्रम प्रतिभा साॅझ, चौतारी र समाचार मुलक कार्यक्रम घटना र बिचार सुन्न थालेपछि म रेडियो नेपाल प्रति एकदमै आशक्त भएको थिएॅ । उक्त कार्यक्रम सुन्नकै लागी स्कुलमा दिएको होमवर्क र घरको काममा आमालाई ढाॅटेर म बिभीन्न बहानामा गाउँमा रेडियो सुन्न जान्थे । यो क्रमसंगै रेडियोका थप कार्यक्रमहरू पनि मलाई रोचक लाग्न थाल्यो । समयले त्यसबेला संम्म मलाई रेडियो प्रति झुकाई रहेको थियो, जतिबेला धेरै रेडियो  कार्यक्रमको नियमित श्रोता भै सकेको थिएॅ ।

अनुरोध संगीतका कार्यक्रमहरूमा मेरो चाहाना बढ्दै गएको थियो । दिनहुॅ कैयौ यस्ता नामहरू दोहोरिन्थे रेडियोमा जस्का कारण म भोक, निन्द्रा, काम र पढाई  छाडेर रेडियोमा समर्पित भएको थिएॅ ।  रेडियो मेरो अत्यान्त मिल्ने साथी भएको थियो । दिनहरू बित्दै जाॅदा मेरा चाहानहरू झनझन बढ्न थाले । रेडियोमा दैनिक पटक पटक बझ्ने नामहरूको अघि पछि मैलै आफ्नो नाम र ठाउॅ पनि प्रशारण गराउने ईरादा बढ्दै गयो । आर्थिक र समयको पर्खाललाई चुनौति दिदै मैले धेरै समय रेडियोका लागी छुट्याएॅ । पढाई र घरको काममा आमालाई थामथुम गरेर म रेडियो प्रति लागीरहन थाले । त्यसबेला हवाई पत्र अल्ली सस्तो थियो । एकपटक हल्दारबाको मेलामा जाॅदा उहाॅले दिनुभएको एक सय पचास रूपैयाॅले मैले एकै पटक धेरै हवाई पत्र र अलिकती खाम टिकट किनेको थिएॅ । आफै काम गर्न सक्ने भएपछि मलाई आर्थिकरूपमा रेडियोमा लाग्न सजिलो हुॅदै गयो । पढाईमा म त्यती राम्रो थिईन त्यो भन्दा पनी पढ्ने कम रेडियो ज्यादा भएपछि पढाईमा अब्बल हुने त कुरै भएन । रेडियो नेपाल बाट दिउसो दुई बजे पछि आउने अनुरोध संगीत संबन्धि कार्यक्रममा कताकति मेरा अनुरोध बज्न थाले । आफ्नो र आफ्नो ठाउॅ को नाम रेडियोबाट सुन्दा त्यो बेला मलाई ठूलै उपलब्धी गरेझै लाग्न थाल्यो । समयको बहाव संगै रेडियोका अन्य धेरै कार्यक्रमबाट पनि आफ्नो नाम सुन्ने चाहना झन बड्दै गयो । 

श्रद्धेय दिदीहरू धना लामा, बबिता खनाल, चन्दा बिष्ट, मिरा राणा, कोमल वली र रूपा बिमलको कार्यक्रमहरू मेरा नियमित कार्यक्रम बने । राजन कार्की र नवराज लम्साल दाईहरूको मायाकै कारण म रेडियोमा झन नियमित हुन थाले । दिनमा कैयौ पटक मेरो नाम पनि रेडियोमा बज्न थाल्यो । नामकै लागी म फर्माईसमा सिमीत नभई अरू श्रृजनाहरू गर्न थाले । लघुकथा, कबिता र मुक्तकहरूलाई समेत दिदी/दाईहरूले स्थान दिनुभो । यो क्रम धेरै लामो समय चल्यो जतिबेला मलाई केही साथीभाईले चिन्न थाल्नु भएको थियो ।

मान्छे नामको यति भोको हुदो रहेछ कि सबैकुरा म आफै महसुस गर्छु । रेडियो संगको नाता संगै मैले आफूलाई नेपाली फिल्मी पत्रिका तर्फ पनि मोडे । मनबाट मलाई फिल्म लाईनमा जाने ठूलो रहर थियो । म राजेश हमाल र श्रीकृष्ण दाईहरूको कलाकारिता बाट प्रभावित भएको थिएॅ । कृष्टी मैनाली, करिष्मा मानन्धर जस्ता अभिनेत्रीहरूको अभिनय मनपर्थ्यो । स्कुले ब्याग कतै लुकाएर फिल्म हल जाने गरेको अनि फिल्म हेरिसकेपछि आफै राजेश हमाल भएँकि झै लाग्ने कारण पनि मैले एकपटक मेरो कपाल राजेश हमाल दाईको जस्तै बनको थिएॅ । आज मेरो त्यो कपाल छैन र पनि कल्पना भने ताजा नै छ । 

पोखरा घारिपाटन निवासी बैनी प्रमिल, रमिला र उज्जल भूजेल भाईलाई त म फिल्म मै जान्छु भन्ने आसय समेत सुनाएको थिएँ। जिन्दगीको कुनै पल मेरा चाहाना सुनिदिने मेरा भाई बैनीहरू पनि मैले याद गरिरहने नाम हुन । "केही गर्ने निष्चिय गर अनि त्यसमा लागी पर सफल भईन्छ" भन्ने कुराको ज्ञन म मा थिदै थिएन । गर्न खोजेका हरेक कामहरू अधुरा छोडिए । जब मैले फिल्म मनपराउॅन थाले मनपर्ने कलाकारको करिब पुग्न फिल्मी पत्रिकाहरूको शहारा लिएॅ । त्यसबेलाका फिल्मी पत्रिकाहरू कामना, प्रिया, रोशनी, गीतांजली, माधुरी जस्ता पत्रीकाको नियमित पाठक बनें । साधना र बिमोचन जस्ता पत्रीकाको समेत म मा लत लागेको थियो । पत्रिका पढ्ने, तिनै पत्रिकामा आफूलाई मनपर्ने कलाकारको बारेमा लेख्ने अनि तिनै पत्रिकाका बिभीन्न प्रतियोगीतामा भाग लिने एउटा चाहानाको म धेरै गहिराईमा पुगेको थिएॅ । मासिक र पाक्षिक प्रकाशितहुने यी पत्रिकाहरूम मैले प्राय गोरखापत्र बाजे महेन्द्रपुल, पोखराबाट किन्थे । कति पटक एकै समय दुई तिन वटा पत्रिका आउथे । अक्सर पत्रिका दश रूपैयामा किन्न पाईन्थ्यो । आफूसंग भएको पैसाले नपुगेर उधारो माग्थे । केही समय बाजेको पसलको सिंडीमा बसेर पनि पत्रिका पढ्न छुट थियो मलाई । गोरखापत्र बाजेको पुस्तक पसल संग म आज पनि धेरै आभारी छु ।

आज म संग करिब तिन चार सय यी पत्रीकाहरू सुरक्षित छन । सबै कुरा आफुले सोचेजस्तो भएन " बुबा म फिल्म लाईनमा गएर जे सक्छु त्यही गर्छु" भनेर चेतन कार्की बुबा संग भनेको पनि थिएॅ । फिल्मी पत्रिका र त्यसका पाठक सहभागीताको हदमा म फिल्म संग नजिक भएजस्तो लाग्न थालेको थियो । जनप्रिय क्यामपस, पोखरा पढ्दा मैलै डाॅफे कला मन्दिर लगाएत अन्य केही कलाकर्मी र समुह संग नजिक भएर काम समेत गरें । बुबाले एकजना राम श्रेष्ठ दाईको कामना आर्ट र श्रृजना प्रिन्टमा काम गर भन्नु भएको थियो । आफ्नो चाहाना र परिवारक स्थिति फरक भएपछि मैले रेडियो नेपाल र फिल्म संगको संबन्धलाई ह्दयको कुनै कुनामा राखेर 2052 सालमा नेपाली सेनामा भर्ना भएॅ । हरेक मान्छेका आफ्ना चाहाना ईच्छा पुरा गर्न पारिवारिक सहयोग मार्गदर्शन र हैसियतको ठूलो सहयोग रहनु पर्ने रहेछ । चाहाना हुदैमा सबै कुरा संभब नहुने रहेछ । म बिबश भएॅ र एउटा फरक संघर्षमा होमिएॅ । आफ्ना तमाम ईच्छाहरू अन्तरमनमा टुसाउॅदै गर्दा मरे ।

सैनिक जीवनको कर्मस्थल काठमाण्डौ भएपछि मैले धेरै चाहनाहरूलाई पुनर्जीवित गर्ने अवसर त पाएको थिएॅ जस्बेला अरू थुप्रै चाहानाको बाटो बन्द  भैसकेको थियो । रेडियो नेपालका परिचीत अनुहारहरू श्रद्धेय दिदी/दाजुहरूलाई रेडियो भित्रै गएर भेट्ने अवसर मिल्यो । उहाॅहरूसंगको समिप्यताले मलाई रेडियो नेपालले मलाई नै खोजीरहेको हो कि जस्तो आभास हुन थाल्यो । रेडियोका गेटहरू मेरो लागी खुलै भए । मैले आफै लगेर रचनाहरू रेडियो मा दिन लागें । रेडियोका धेरै कार्यक्रम मा प्रत्यक्ष भागलिन पाएँ । स्टुडियोको हरेक कुनाकुन घुम्न पाएँ । त्यसबेला रेडियो बाट प्रसारण हुने कार्यक्रम रंग तरंग, छिटोछिटो मिठोमिठो, राजधानी को संदेश, चौतारी लगायत अन्य धेरै कार्यक्रमहरूमा नजिकबाट सहभागी हुनपाएँ । रेडियोका धेरै अनुहारहरूलाई आफ्नो देख्न थाले । घरमा हुँदाको भन्दा दोब्बर रेडियो संग नजिक हुने मौका मलाई जागीर खाएपछि मिल्यो । रेडियोको बिकास संगै एफ.एम.को बिकाश पनि एकदमै अगाडि बढिरहेको थियो सोही क्रममा म क्लासिक एफ.एम. र त्यसका संचालक द्वय श्रृदेय रूपा बिमल र जय प्रकाश रिजाल संग नजिक हुने मौका पाएॅ । राजधानी कर्म थलो त्यसमाथी पनी सेनाको जागिर धेरै समस्याका बावजूद मैले काठमाण्डौमा धेरै मित्रहरूलाई एफएमको माध्यमबाट नजिक बनाएँ । एफएम श्रोता क्लवहरू गठन गरेर थुप्रै कार्यक्रमहरू गरियो । क्लासिक एफएम मेरो मुटु थियो संचालकद्वय  रूपा दिदी र जय दाई मेरो श्वास । उहाहरूबाट टाढा भएको आज बिस बर्ष हुन लाग्यो । मेरो अन्तर आत्मा बाटै उहाँहरूलाई संझीरहेको छु ।  दिदी धना लामा, बबिता खनाल, मिरा राणा, चन्दा बिष्ट, कोमल वली लगायत दाजु राजन कार्की र नवराज लम्साल हरू मेरो जीवनको एउटा पल हो म उहाँहरूलाई सदैब याद गरिरहन्छु । श्रृजना गर्ने कलाको बिकाश केही हदमा काठमाण्डौमा गएर सिकें। मैले पढ्ने गरेका पत्रीकहरूका कार्यलयहरूमै गएर रचनाहरू छाप्न दिएॅ । धेरै समयको अन्तराल मा सबैकुरा नजिकबाट अनुभव गर्न पाउनु मेरो जीन्दगीको एकदमै ठूलो उपलब्धी भयो। म जहाँ थिएॅ त्याहाँ बाट ति सबै कुराको समिप हुन पाउँनु नै मेरो जीवन को सुन्दर सहजता थियो । नेपाली सेना द्वारा प्रकाशित सिपाही र सेवा सुमन पत्रिका मा रचनाहरू प्रकाशित भए बापत केही रकम समेत प्राप्त गर्ने मौका मिल्यो ।  हरेकका सपनाहरूका आफ्नै महत्व हुन्छन तर मैले देखेको सपनाहरूको आवरण मैले धेरैहद संम काठमाण्डौ गएरै देखे । मैले सधै देख्ने गरेको एउटा सपना मध्य नायक राजेश हमाल र श्रीकृष्ण दाजुहरूलाई भेट्ने अवसर पनि काठमाण्डौमा  गएरै पुरा भयो । राजेश दाईलाई कपुर धारा र श्री दाईलाई कमलादीमा भेटेपछि यति हर्ष बिभोर भएँकी शब्दमा केही लेख्नै सक्दिन । मेरो फिल्म लाईनमा गएर काम गर्ने चाहानाको कुरा गरे । मैले पढ्ने र सवाल गर्ने गरेका यादहरू दाईहरूलाई सुनाएँ । जुन फिल्मी पत्रिका को माध्यमबाट म त्याहाॅ गयर काम गर्ने मिसन पुरा गर्न नसके पनि त्यो पाटोको जानकार रहें म ति सबै पत्रिकाहरू लाई आज पनि संझन चाहान्छु ।

रेडियो र पत्रिका प्रतिको लगाबका खातिर मैले धेरै मित्र, दाजुभाई, दिदी बहिनी पाएँ यो मेरो जीवनको बहुमूल्य कमाई हो । मेरा रेडियो अनि पत्रिकाहरूका केयौ यस्ता भावनाहरूले उहाँहरूलाई मेरो नजिक बनायो । देश बिदेस बाट हजारौ चिठ्ठी हरू आए । स्कुलको पढाई, घरको काम अनि जागीरका खातिर पनि मैले मेरा स्वस्थ्य माया र प्रेरणाले ओतप्रोत उहाँहरूका सबै पत्रको जवाफ लेख्थे । रेडियो को फलानो कथा या कबिता या अरू पत्रिकाको यो कुरा मनपर्यो भनेर साथी बन्न चाहाने अनि दाई या भाई भन्नेहरू धेरै हुनुभयो । सबैको अनुकुल हुन सकें या सकिन तर उहाँहरू सबैलाई संझीरहेको छु । फेदिखोला हुलाकमा त्यसबेला कार्यरत केशब बुबा र डाँडाघरे बुबाको संझना गर्न चाहान्छु जस्ले मेरा चिठ्ठीहरू जतनसाथ राखिदिनुहुन्यो । यहि माध्यम हो जस्का कारण कृष्ण "बिरही" के.सी. संग मितेरी साईनो लगाएँ । आमाले नज्माएका धेरै दिदी बहिनी अनि दाई भाईका संबन्धहरू कायम भए । आज पनि संझीरहने ति नामहरूका बिचबाट म माईधार झापाकी मिरा थापा, ईलामकी बैनी बिष्णु कठेत, बैनि प्रबिना तिमील्सिना, रिजन के.सी., साबित्री थापा, सारदा गुरूड़, मुना कार्की, उषा कार्की अनि जनप्रिय क्यापस पढ्ने बेलाको मेरो सहपाठी मित्र शंकर गुरूड़, याम क्षत्री र शंकर थकालीको संझना गर्न चाहान्छु। साथी शंकर थकालीले उपहार स्वरूप दिनुभएको रेडियोले मेरो जिवनमा ठूलै अर्थ राखेको थियो । यो लगायत अरू धेरै सहयोगका लागी म उहाँ प्रति आभार प्रकट गर्न चाहान्छु । मुन्ना सेख, प्रकाश रेग्मी, सुजन श्रेष्ठ लगायत काठमाण्डौ की कबिता खड्का, सोतिपसल लम्जुड़की सरू दिदी  र दिपक श्रेष्ठ बिषेसत चितवनका गजलकार दाजु पुष्प अधिकारी "अन्जली", पहिलो पत्रमित्र साथी काजी थापा लगाएत हजारौ अन्य नामहरू मेरो एक स्वणिम पल हुन ।  रेडियो र पत्रीकाको माध्याम बाट स्थापित यी लगायत अन्य धेरै संबन्ध ले म आज पनि भारी रोमान्चीत भैरहेको छु । बिवशता वस धेरै संबन्धहरू टाढा भएका छन् म मेरो यिनै शब्दबाट जाने नजानेर गरेका तमाम भुलप्रति माफी माग्न चाहान्छु । समयको पावन्धि संगै स्वतस्फुर्त टाढा भएक धेरै नामहरू अहिले पनि मेरो मानस्पटलमा घुमिरहेका छन्। 

हुलाक घरमा जाँदा थैलोभरी भरिएका थुप्रै चिठ्ठी हरूका मायाकै कारण मैले के गुमाएँ ? समयले कसरि टाढा बनायो भन्नै पस्चताप छैन मलाई  किनकी मैलै जे पाएँ त्यो गुमाउनु भन्दा कैयौ बढी छ । चीनीयाँ अन्तराष्टिय रेडियो को नेपाली बिभाग, बि.बि.सी. नेपाली सेवा लगाएतमा सहभागी श्रोताको हैसियतले मैले धेरै उपहार र माया पाएँ । जिवनको लामै समय रेडियो, पत्रिका र चिठ्ठीको पछिपछि लागेर बिताएँ । जे गरें अफ्नो खुसीको लागी गरें जस्मा कुनै पस्चताप छैन । हजारौ आनन्द र खुसी यसैमा लाग्छ । आई.ए. संम्मको शिक्षा हासिल गर्दा अब्बल नभएपनि कतै फेल भईन । जीन्दगीको कुनै पल यो नराम्रो हो भन्ने बाटो जानी जानी हिडिन । श्रृदेय यज्ञ ब.थापा सर, पंकज कार्की दाई, प्रकाश पोखरेल सरको सहयोग र मायाको खातिर आफुलाई खुसी रहि रहन धेरै सहयोग भयो । मेरो मित्र रामजी राई को मार्ग दर्शनको कारण आज एउटा बस्ने ठाउँ बनाएको छु । यो लगाएत अन्य धेरै सहयोग र सल्लाहको लागी म उहाँप्रति  मुरी मुरी आभार प्रकट गर्न चाहान्छु ।  आदरणीय मामा आई कार्की, अंकल गंगा कार्की, दाईहरू नरेन्द्र कार्की, चित्र कार्की, तारा खत्री, लिल कार्की र भाष्कर खत्री संग जिवनको कुनै पल पत्रबाट सदैब नजिक हुन्थे । उहाँहरू घरबाट टाढा हुनुहुन्थ्यो मैले कैयौ बहानामा उहाँहरूको पछि लागी रहन्थे । उहाँहरूलाई मैले अहिले पनि यतिनै श्रृदा गर्छु । थुप्रै चिठ्ठीहरू को ठेली आज पनि मेरो ह्दयमा जस्ताको तस्तै छ म यहि मायालाई जिवन मरण संगाली राख्न चाहान्छु । मेरो हितैसी मित्र महेश कार्की, संजय भाई, रामु मामाहरूलाई सपोर्टिंग सामिप्यताका लागी हार्दिक आभार ब्यक्त गर्दै, आमा/बुबा को माया जीवन संगीनीको साथ र प्यारा भाईहरू लगाएत परिवारको सहयोगले आज जहाँ छु जे छु हाँसी रहेको छु रमाई रहेको छु । जीवनमा ठूलो कुरानै आत्मा सन्तुष्टी रहेछ त्यो मेरो बिगद र बर्तमानले धेरै थोरै दिईरहेको छ आसा छ भविष्यले पनि दिनेछ ।   धन्यवाद ।

काजी कार्की 

स्याड़्जा,फेदिखोला ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89183
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top