जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
साहित्य/सिर्जना


कबिता : जन्मभूमिको मायाँ


साहित्य/सिर्जना 2 पटक पढिएको २०७४ जेष्ठ ०७ आइतवार


कबिता : जन्मभूमिको मायाँ


साहित्यमा गन्थन मात्रै गर्नु हुदैन समाज परिबर्तनको लागि हुनुपर्छ । बिचारले सांकेतिक रुपमा आफ्नो नामको पछाडि काचुली झुन्ड्याएका साहित्यकार,मित्रलाल पाठक नेपाली साहित्यको निम्ति काँचुलि नै बनूँन हामि कामना गरौ ।

एका बिहानै 

बुद्ध जयन्ती र उभौली पर्ब सम्झिदै गर्दा 

अचानक तिमी रोयौ,

तिमी भक्कानियौ रे भन्ने समाचारले स्तब्ध बनायो ।

धन्य छ, धन्य छ  

सतिको आशिर्बाद पाएको मेरो प्यारो देश ! 

जसले सदियौ देखी रोइरहेको मुलुकलाई हसायो

अध्यारोमा हराएका मनहरुलाई उज्यालो दियो 

कमिसनमा जगडिएको अर्थतन्त्र उकालो लगायो 

उसैले रुनुपर्छ, उसैले बारम्बार सफाइ दिइरहनु पर्छ यहाँ 

हो तिमीले गल्ती गर्यौ राष्ट्र सेवक !

ति काला कपुत हरुलाई जीवन भर लुट्न दिनुपर्थ्यो तर तिमीले दिएनौ

तिमी अपराधी ठहरिने छौ,  

अझै मिल्ने भए 

त्यो कमिसनको जालो तोडिएको निउमा

देशी बिदेशी 

ति उडुस र किर्नाहरुले तिमीलाई नै  

चुस्ने छन माया गरे झै गरेर  

किन कि यो नेपाल हो 

यहाँ जस्को शक्ती उस्को भक्ती हुन्छ

मैले बुझेको 

जस्ले जे गरे पनि हुन्छ । 

हे भगवान ! तेरो साच्चिक्कै अस्तित्व छ भने 

तैले वास्तवमै केही गर्न सक्छस भने 

देखा तेरो तागत 

गिजिङ गिजिङ किरा परेको हेर्ने मन छ 

ति असतिहरुको पापीहरुको ज्यान भरी !

मेरो बिन्ती छ, 

ढिला नगर युग पुरुष !  

अब बेला भएको छ पर्दाफास गर्ने   

भन्देउ -

आज सम्म जनतालाई अध्याँरोमा राख्ने 

जनतालाई चुस्ने

र आज आएर  

तिमीलाई रुवाउने ति किर्नाहरु को हुन ??


मित्र पाठकको व्यक्तित्व तथा अन्य रचनाहरु नव साहित्यमा प्रकाशित छ ।





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89184
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top