जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
साहित्य/सिर्जना


लघुकथा:चुनावको ॠण


साहित्य/सिर्जना 34 पटक पढिएको २०७४ जेष्ठ ०७ आइतवार


लघुकथा:चुनावको ॠण


दुई घण्टा लामो निन्द्रा निदाएर ब्युँझिए पछि गाडीमा साँहिलीले आफ्नो बिगत केलाउन थालि - " आफु बुझ्ने भए देखी नै आफ्नो कर्म थलो;नदिको बगरबाट प्रत्येक पटक यसरी नै ॠण धन गरेर चुनावमा भोट हाल्न गाउँ गएकै छु तर खै त मेरो जीवनमा परिवर्तन ?

पहिला पटक भोट दिएकाले राजधानीमा घर बनाए रे ! दोस्रो पटक जित्ने जिल्लाकै धनीमानीमा गनिन्छन् रे । मेरा छोरा छोरीको स्कुल पनि, घर पनि त्यही बगरकै छाप्रो किन भो ? हामी गरीबहरु यही भोट दिन मात्रै जन्मेका त रैछौं नि ! कति साख्खै हुन जानेका चुनावका बेला चाहि !"

बगर जाने चोकमा गाडी बाट ओर्लदै थिई, अचानक उसको पुरानो मोबाइलमा घन्ती बज्यो ।   

"भनें त मैले ! अर्को महिना कसै सँग पठाइ दिन्छु ! तिम्रो दुई हजार खाएर मर्दिन चिन्ता नगर - रुदै गरेको काखे बच्चालाई दुध चुसाउदै साँहिलीले थपी - हाम्रा मान्छेले चुनाव जित्या छन, हेर्लान नि हामीलाई पनि, गिटी चाल्ने भनेर नह्याप्दा हुन्छ बुझ्यौ !

"तर अर्को महिना नाघ्यो भने चाहि ब्याज लिन्छु नि ख्याल गर, सानै देखी तिमीलाई जानेको भनेर मात्रै तिमीलाई ॠण पत्याएको नत्र किन दिन्थें र ! " - चुनावका लागि भोट हाल्न गाउँ आउँदा ॠण लागेर साँहिली लाई पैसा दिएकी कजिनी धम्कीको भाषा बोली ।

फोन काट्दै साँहिली फत्फताई - किन आउँछन यी चाडबाड र चुनाव हामी गरिव लाई" । स्रोत: नव साहित्य 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89185
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top