जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
साहित्य/सिर्जना


कविता: नेपाल एक्सप्रेस


साहित्य/सिर्जना 21 पटक पढिएको २०७४ जेष्ठ ०६ शनिवार


कविता: नेपाल एक्सप्रेस


समकालिन नेपाली साहित्य लेखनका परिचित हस्ताक्षर हुन् कृष्ण प्रसाई । समाजका जातीय,बर्गीय, लैंगिक असमानता, बर्जितहरुमथिको एउटा अंकुश उहाँका हरेक साहित्य सृजनाहरुका खुराक हुन्छन साथै उहाँका कृतिहरुमा पाठकले मान्छे,समाज,संस्कार र संस्कृति पढ्न पाउँछन् ।

काठ्माण्डौमा बस्दै आउनु भएका कृष्ण प्रसाईं पेशाले प्राध्यापन/वकालत गर्ने भए पनि साहित्यमा अभिरुचि राक्ने नवोदित लेखक/कवि हुन्। रचनात्मक लेखन मनपराउँले प्रसाईका केही कविता/गजल संग्रह, खण्ड्काव्य तथा महाकाव्य प्रकाशनको तयारिमा रहेका छन्।

कविता: नेपाल एक्सप्रेस

चल्न त चलिरहेकै छ,

नेपाल एक्सप्रेस,

पुराना पाङ्रा लिएर..

एक्सप्रेसको यात्रा,

किन होला,

सँधै ओरालै मात्र लाग्छ, र

दौडिरहन्छ,

अप्ठ्यारा गल्ली, गल्छेडा र भीर

मोडिदै मोडिदै ....

दृष्यका,

उजाड वस्तिहरु,

पहिरोले थलिएका पहाडहरु,

किनारमा,

निसास्सिएका वृक्षहरु,

उखाडिएका बाटाहरु 

छिचोल्दै 

चलिरहन्छ एक्सप्रेस ...

जसो भएपनि,

हामीले

यात्राको एकता स्विकारेरै,

एक्स्प्रेसले,

गन्तव्य पुर्याउँला

भन्ने आशा

मारिसकेका छैनौ .....





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89186
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top