जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
साहित्य/सिर्जना


शृंखला कविता: संङ्कल्प


साहित्य/सिर्जना 114 पटक पढिएको २०७४ बैशाख २७ बुधवार


शृंखला कविता: संङ्कल्प


नेपाली साहित्यलेखनको थुप्रै धार र शैली छ । यिनै फरक शैलीबिचको एउटा पृथक शैली हो, शृंखला कविता लेखन युवाकवि निर बहादुर भण्डारी यस्तै फरक शैलीको अभ्यासकर्ता हुनुहुन्छ ।

संङ्कल्प १ 

एउटा साँघुरो कोठाको परिधि भित्र,

कुप्पीको ढुलमुले प्रकाश मा,

आफ्ना भावना का विस्कुन हरु,

प्रतिबिम्बित भै रहेको त्यो कालो क्षण,

बाहिरी सन्नाटा झ्याउंकिरि का,

झ्याउॅ-झ्याउॅ आवाज ले,

सन्नाटाको शोभा बढाई रहेछन ।

कुकुरका एकोहोरो रोदनले,

रात गहिरिदै गएको संकेत थियो ।।

नेपथ्य बाट केहि मानिष हरुका,

मस्त निन्द्रामा घुरेको आवाज ले,

रात छिप्पिदै गएको आवास हुन्थ्यो ।

अनायसै मेरो मानश्पटल को बिचलनले,

मेरो एकाग्रता भंग हुन्छ ।

हो, परिवर्तन समयको आवश्यकता हो ।

प्राकृतिक बिधान हो ! हाम्रो संकल्प हो ।।

खुल्ला आकाशमा उढेका छन ।

निर्वाध रमिरहेका छन ।

हो, खुल्ला आकाश मुनि स्वतन्त्रता को,

शंखध्वज को परिकल्पना, निर्वाध जिउने,

आधारभूत अधिकारको परिकल्पना,

प्रतिस्पर्धात्मक नव युगको सूत्रपात र,

परिवर्तन को दस्तावेज हो । संकल्प

संङ्कल्प ३

वातावरण चिस्सिने क्रम मा छ ।।

पारि सम्म नियाल्छु !

टिलपिलाई रहेका संध्या का बत्ति हरु ले,

रातलाई आगमनको निम्तो दिईरहेको आभास हुन्छ ।।

मानौ संध्याको गोधुलीमा दिन पुर्णतया लुकि सकेको छ ।

हो, समयको गति संगै संध्याले कोल्टो फेर्ने क्रम संगै,

मेरा मन मस्तिष्कमा एउटै शब्द प्रतिध्वनित हुन्छ ।

प्रतिबिम्बित हुन्छ । परिवर्तन को संवाहक,

आवाज विहिन हरु को बुलन्द आवाज हो ।। संकल्प

संङ्कल्प ४

प्रफुल्लित हुने गरि संगीत का तरंग हरु,

प्रवाहित गरि रहेका छन,

आज एउटा प्रण गरिएको छ ।

फरक माहोल फरक उमंग,

उत्साहित अवशरको खुसिको तरंग,

एउटै बिचार एउटै लक्ष,एउटै गन्तव्य,

एउटै उदेश्य,

साँच्चै फरक शैलीमा माहोल तातेको छ ।

आगो को सानो झिल्को हो, “संकल्प”

प्रभात को पहिलो किरण हो, संकल्प

एउटा यात्राको सुरुवात हो, संकल्प 

संङ्कल्प ५

भोलिको मिर्मिरे मेरो २२ बसन्त पछिको प्रथम हुने छ ।

भोलि को प्रभात संकल्प सहितको प्रथम यात्रा हुने छ ।।

हो प्रभात का लाली किरण हरुले यात्रामा उर्जा भर्ने छ ।

मन्द गतिको सिर-सिरे चिसो बतास,

अनौठो मनोरम मन मोहक,छुट्टै उमंगको आभास,

मानौ एउटा गहन जिम्मेदारी प्रतिको दायीत्व, सहितको यात्रा हो संकल्प ।

एउटा जीवनको अविस्मरणीय क्षण,

कुहिरो संग लुकामारि खेल्दै,

सल्लेरीको सुस्केरा संग बोल्दै,

उकाली ओराली र देउराली मा थकान मेटाउदै,

छांगा र छहरा को संगीत ले यात्रा लाई स्फूर्त उर्जा दिई रहे को छ,

लाली गुराँस र सुनाखरीले दूलही झै,

सजाए को छ पाखा पखेरु लाई,

अत्यन्तै मनोरम र मनमोहक दृष्य देखिन्छ । 

लाग्छ, प्रकृतिका सबै सुन्दरताले सजाएको छ ।।

आजको यो यात्रीको वातावरण लाई,

संङ्कल्प ७

सत्य सधै तितो हुन्छ ।

आखिर सत्य सत्यनै हुन्छ ।।

यो सत्य को लडाई, 

यो स्वाभिमान को लडाई,

आधारभूत अधिकार र सान्दरविक ता को लडाई,

स्वप्न साकारिता को, स्थायित्व र प्रतिष्ठा को लडाई हो संकल्प

संङ्कल्प ८

आफ्नै धरातलमा स्वाभिमान गुम्दै छ ।

धर्म संस्कृतिकासम्पदा लोप हुने क्रममा छन ।

सिमाका पिल्लर हराउदै छ, सिमा खुल्दैछ छ, 

राष्ट्रीय अस्मिता माथि धावा बोलिदै छ ,

कहाँ भेट्यौ हाम्रो स्वाभिमान ?

कहाँ खोज हाम्रो पहिचान ?

संङ्कल्प ९

दभित आवाज बुलंद गर्दै हरेक मन को ढुकढुकि मा

एउटा नौलो पहिचान बनाउदै सुनौलो स्वप्न साकारिता को बीजा रोपण गर्नेछ

एउटा स्वर्णिम भविष्य को सुनिश्चित गर्ने छ संकल्प ले !

संङ्कल्प १० 

अ ब्यवहारिक शिक्षा भित्र युवा शक्ति अपाहिज भै रहदा

नातावाद को पिजडा भित्र रोजगारी कैद भयो 

भ्रष्टाचार मौलायो दंडहिनता ले प्रश्रय पायो

जनशक्ति को मौनता भित्र बिकाश निकाश योजना भित्रै हरायो

हो आज एउटा युग को उदय भयको छ

सांगठनिक कलम को शक्ति ले ल्याउने बिराट ऑधी बेहरी ल्याउॅदै

साहित्यीक मन र भावना ले देश बिउॅझने छ

सुनौलो बिहानी को शुत्रपातका निम्ति उदाउॅदै छ  

नव साहित्य,





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89189
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top