जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
विचार/विश्लेषण


सन्दर्भ २५६१ औ बुद्ध जन्म जयन्तिको


विचार/विश्लेषण 121 पटक पढिएको २०७४ बैशाख २७ बुधवार


सन्दर्भ २५६१ औ बुद्ध जन्म जयन्तिको


असत्यलाई हजार बार सत्य भनिए पनि असत्य,असत्य नै हुन्छ । सत्यलाई हजार बार असत्य भनिए पनि सत्य,सत्य नै हुन्छ ।

सबैले बुझेकै कुरा हो,तर किन मानुष्यले बुझेर पनि असत्य बोल्दै मान्छे लाई छल,कपट र भुल गर्दैबाचिन्छ,किनकी योसबै ध्वात्या मायाको खेल हो,कुविचार,कुसंघात रपुर्वाजन्मको कर्म ले पनि वर्तमान को कर्म यसरी बिताउनु पर्ने हुन्छ तर हामीलेधर्म-कर्म लाई बुझेर एक ध्यान,एकनिष्ठा भएर पलपलको क्षणमा चलियो भने ( सत्य ) छैटौ इंद्रियामा,अर्थात ( मनमा )एककृत भई चेतनशील मानुष्य भन्न सकिन्छ !!

"बुद्ध वाणी"

शान्तिकाे अग्रदुत तथा राष्ट्रिय  विभुति भगवान गाैतम बुध्दकाे २५६१ अाैँ जन्मजयन्ती आज नेपालमा मनााउन लागिरहेछ । यो समय र दिन हरियाली पालुवा रंगि चंगि फलफुल मनोरम वातावरण नव सालको नया उमंग बर्षभरिको १२ पुर्णिमाको प्रथम शीतलता अर्थातवैशाख पुर्णिमा प्राकितिक रुपले पनि अन्य भन्दा मनमोहक प्रकाशमय र शितलमय । यसैदिनमा अन्धकारमय संसारमा दिव्या ज्योति बुद्ध ज्ञानको उदय वैशाख पुर्णिमा २६४१ औसुभ जन्म जयन्ति पुर्णिमा २६०६औ संबोधि ज्ञान प्राप्त र २५६१औ महापरिनिर्माणपुर्णिमाको दिन हो । त्रिसंयोगको जाज्वल्यामान यस पुर्णिमालाई बौद्ध रास्ट्रहरुभुटान, थाईल्यान, म्यानमार, मंगोलिया, कमबोडिया, श्रीलङका, लाओश, ताइवान,जापान,कोरिया र चाइनाआदि देशहरुमा राजकिया सम्मानको साथ व्यापक तामझाम  र यो शुभ दिनमा उहाको महिमार उहालाई श्रदा पुर्बक पुजा प्रथना गर्नाले अपार पुण्य लाभ सगै दुष्ट कर्म हरुनष्ट हुने विश्वास सहित मनाउदछ  ।

नेपालचिन भारत युरोप अमेरिका आदि देश हरुमापनि ससम्मानको साथ मनाउदै आएको बुद्धपुर्णिमा,

गौतमबुद्धको नेपालि भुमिमा जन्म भएकोले बाध्य भई तत्कालिन शासक राजा त्रिभुवनलेवि.श.२००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्याता दिए पछि नेपालमा रहेको लाखौबौद्ध मार्गि नेपलीहरुले पनि हर्षोउल्लाशको साथ मनाउदै आएको छ । त्यस भन्दा पहिलाबौद्ध दर्शन प्रचार र बुद्ध जयन्ति मनाएकै भरमा राज्य बाट धेरै दण्डित समेत भएकोथियो । जस्तै,साशकचन्द्र समशेर राणाले वि.श.१९२६ मा तिन भिक्षुलाई यी आरोप लगाई देश निकाला रबहुमुल्य ग्रन्थहरु कब्जा आदि । हाल समय परिवर्तन सगै धेरै परिवर्तन भए पनिनेपालमा वि.स.२०५५ मा सम्पन्न प्रथम विश्व बौद्ध शिखर सम्मेलन बाट पारित भइ वैशाखपुर्णिामाको दिनलाई त्यो दिन देखि विशेष र महत्त्वपुर्ण मानी बौद्ध दर्शनप्रचारप्रसार र प्रबर्द्धन गर्ने घोषणा र सरकारले लुम्विनी दिवश पनि मनाउने रलुम्बिनीको विकास लाई महत्त्व दिने घोषणा भए पनि ती, निर्णय कागजि मात्र भई उन्नति भने सुन्य देखिएको छ ।

बौद्ध मुलुक हरुको विशेष पहलमा सन, १९९९ देखिसयुक्त रास्ट्र संघले अन्तरास्ट्रीय मान्यता प्रदान गरि सो दिनमा विश्व भर रहेकोसयुक्त रास्ट्रको सबै कार्यालयहरुमा बिदा दिदै आएको छ । जुन समय विश्वमा नेपालकोधेरै खोजि तथा चर्चा हुने गर्दछ ।

आज पनि नेपाललाई ईटालिको नेपोलि सम्झिने धेरैपाईन्छ।

विश्वमा मानवता र सान्तिवादि भनि आदर गरिनेबुद्ध  बौद्ध दर्शन जुन एक नेपालीले प्रतिपादित गर्नुभएको हो ।

र उहाहाम्रो राष्टियाविभुति पनि हो ।

तर खै किन उहा र उहाको दर्शन लाई केहि नेपालिलेसारै पराईको ब्यवहार गरेर मान्दछन ।

बुद्धको दर्शनमा घृणा हैन माया, कटुता हैनमधुरता,हिंसाहैन अहिंसामा अभिप्रेरित गराउने र काल्पनिक भन्दा पनि यथार्त लाई अंगिकार गर्नसिकाउने सर्व प्राणिहरु दुख नचाहने र सबैले सुख चाहने हुनाले समान व्यवहार गर्नसिकाउने जगत हितकारि बुद्ध दर्शनलाइ आज शान्तिप्रिय विद्वान तथा बौद्धिक जनहरुचाहे त्यो अन्य धर्मलम्वि नै किन नहोस, अध्ययन र अभ्यास समेत गर्ने गर्दछ ।

आजविश्वको लाखौं जमात बौद्ध दर्शन अध्ययनतर्क अनुसन्धान अभ्यास गर्न वर्षेनी विभिन्न कारण वस नेपाल जहा उहाको जन्म भुमिमानभएर भारतमा जाने गर्दछ।

भारतले उत्तर प्रदेशमा नेपालको सत्यलुम्बिनीलाई नै मात खुवाउने गरि भारत सरकारकै विशेष चासोमा ठुलो क्षेत्रफलमा भौतिकसंरचना हरु तिव्र गतिमा बनाई रहेको छ। यी आदि कारणहरुले बुद्ध भारतमै जन्मेको हो ,भन्ने भारतकोदाविलाई थप टेवा पुर्याई रहेको यो समयामा हामि नेपालिहरु चाहि एकातिर स्वर नैसुक्ने गरि भारत को आलोचना गालीरअर्का तिर ९०% हिन्दु भन्दै कराउनुमा खासै फरक नभएकोले एक नेपालि अनि रास्ट्रीयविभुति हाम्रो गौरव ।

बुद्धको दर्शन प्रचार प्रसार अध्ययन अभ्यासगर्नसके हाम्रो समाज देश नैतिकवान जिम्मेवार भई हाम्रा राष्ट्र रास्ट्रीयतानैतिक  सामाजिक आर्थिक हर तवरले  मजबुत हुनेमा दुई मत हुनेछैन। उहाको दर्शन कोसार विज्ञान पुरक चार आर्य सत्य र अष्टांगिक मार्गको अभ्याशले बिचित्र संसारकोदुखको कारण र त्यस बाट राहत पाउने भौतिक जगतको बौद्धिक विज्ञान पुरक कारक र आधारहरु दिएको बौद्ध दर्शन नै हो ।

विश्वमा आज अपरिहार्य भएको समयमा धेरै विकसितराष्ट्र हरुले  यसको प्रचार प्रसार रस्कुलको पाठ्यक्रममा समेत समावेश गरिसकेको सुखद क्षणमा नेपाल जहाँ उहा आफै जन्मिएको देशमा उहा र उहाँको दर्शन लाईसारै पराइ सम्झिने परिपाटी देख्दा दु:ख लागेको छ । सारा जगतको हितार्थ

"बुद्धं शरणं गच्छामि! धम्मं शरणंगच्छामि! संघं शरणं गच्छामि!! "नेपालका अमूल्य रत्न र महानतम् गौरव, विश्वसामुशान्ति, अहिंसा रसद्भाव स्थापना गर्नुहुने, मानवजीवन र मूल्यको यथार्थ ज्ञान बोध गराउनुहुने भगवान (सिद्धार्थ) गौतमबुद्धलाई कोटि-कोटि प्रणाम!!

साथै संपूर्ण गुरुज्यु, मित्र रआफन्तहरुलाई भगवान गौतम बुद्धको २५६१ औँ जन्म जयन्तीको शुभकामना ।

गुरुङ नेपाल बौद्ध परिवार दक्षिण कोरियाकापुर्व अध्यक्ष हुनुहुन्छ 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

178576
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top