जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
अर्थ / वाणिज्य


एफपीओ २०७४ बैशाख २५ गते सोमबार बाँडफाँट हुँदै


अर्थ / वाणिज्य 199 पटक पढिएको २०७४ बैशाख २५ सोमबार


एफपीओ २०७४ बैशाख २५ गते सोमबार बाँडफाँट हुँदै


स्टान्डर्ड चार्टर्ड बैंकको एफपीओ सोमबार बाँडफाँट हुने भएको छ । यसअघि शुक्रबार बाँडफाँट गर्ने अन्तिम तयारी भइरहँदा बिक्री प्रबन्धकले आस्वाको डाटा भेरिफिकेसनमा समस्या भएको भन्दै रोकेको थियो ।

ठूलोमात्रामा आवेदकलाई रद्द गर्नुपर्ने भएकाले शुक्रबार बाँडफाँट हुन नसकेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दाबी गरेको छ । यतिबेला सबै समस्या समाधान भइसकेको छ । अब बाँडफाँट मोडेल धितोपत्र बोर्डमा पठाइँदैछ । बोर्डबाट अन्तिम स्वीकृति आउने र त्यसपछि सोमबार बाँडफाँट गरिने बिक्री प्रबन्धकले जानकारी दिएको हो । तर धितोपत्र बोर्डबाट जसरी भए पनि आजै बाँडफाँट गर्न निर्देशन आएमा साँझसम्म बाँडफाँट हुन सक्छ, तर यो सम्भावना अत्यन्त कम छ, बिक्री प्रबन्धक एनएमबि क्यापिटलसम्बद्ध अधिकारीले भने । 

यसअघि धितोपत्र बोर्डले शुक्रबारभित्र बाँडफाँट गरिसक्न अन्तिम समयसिमा दिएको थियो । चार्टर्डको एफपीओ बाँडफाँट भएपछि बजारमा तरलता सहज हुनुका साथै लगानीकर्तालाई समेत फाइदा पुग्ने बोर्डको भनाई छ । चार्टर्डको एफपीओमा २ लाख २५ हजार भन्दा बढीले ३८ अर्ब २० करोड ९४ लाख ९३ हजार ५४० रुपैयाँ बराबरको आवेदन दिएका छन् । चार्टडले चैत १ गते देखि ४ गते सम्म २५ लाख ५८ हजार १४० कित्ता एफपीओको बिक्री खुला गरेको थियो । चुक्ता पुँजी बढाउनेक्रममा चार्टर्डले एफपीओ रोजेको हो । एफपीओको विक्रीपछि चार्टर्डको चुक्ता पुँजी चार अर्ब ५७ लाख १५ हजार ३३३ रुपैयाँ हुनेछ । यसैगरी, चार्टर्डको संथापक सेयरधनीहरुको सेयर स्वमित्व ७०.२१ प्रतिशत र सर्वसाधारणको २९.७९ प्रतिशत हुनेछ । चार्टर्डले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ७४ करोड एक लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३९ रुपैयाँ ४८ पैसा वार्षिक रहेको चार्टर्डको प्रतिसेयर नेटवर्थ २२० रुपैयाँ २९ पैसा छ ।  





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89171
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top