जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
बिचित्रको संसार


मतदाताको चिन्ता, कसरी मत हाल्ने ? एस्तो छ तरिका (भिडियो सहित)


बिचित्रको संसार 8 पटक पढिएको २०७४ बैशाख २५ सोमबार


मतदाताको चिन्ता, कसरी मत हाल्ने ? एस्तो छ तरिका (भिडियो सहित)


स्थानीय निर्वाचन २०७४ को लागि भोट हाल्ने तरिका एस्तो छ ।

भोट हाल्ने तरिका

१.पहिला लाइनमा बस्नुस्

मतदानको दिन हरेक मतदाता मतदाता परिचय पत्र सहित आफ्नो परिचय पत्रमा उल्लेख भएको मतदान केन्द्रमा गएर लाइनमा बस्नुपर्छ । लाइनमा बस्नुअघि आफ्नो मतदाता परिचय पत्रको क्रम संख्या थाहा पाएको हुनुपर्छ । त्यसको आधारमा निर्वाचन आयोगले उसलाई मतदान प्रक्रियामा सहभागी गराउँछ । मतदाताले आफ्नो मतदाता परिचयपत्र सम्बन्धित मतदान केन्द्रबाट पाउनेछन् ।

२.यसरी दिनुपर्छ मत

निर्वाचन प्रतिनिधीहरुले तपाइको मतदाता परिचय पत्रका आधारमा निर्वाचन केन्द्रभित्र प्रवेशको अनुमति दिन्छ । त्यहाँ पुगेर तपाइले एउटा मतपत्र पाउनु हुनेछ । उक्त मतपत्रमा अब तपाइले कुन चिन्हमा मतदान गर्न चाहेको हो, त्यस्तो चिन्हमा मत संकेत गर्नु पर्नेछ ।मतपत्रमा तेस्रो साइनमा हरेक दलको सातवटा मत चिन्ह राखिएको हुन्छ । तपाइले कुनै एउटा दललाई एक नम्बरको चिन्हमा मत दिनुभयो भने त्यो मत उक्त गाउँपालिका वा नगरपालिकाको प्रमुखले पाउनेछ ।दोस्रो ठाडो लाइनमध्ये कुनै एक निर्वाचन चिन्हमा मत दिनुपर्छ । त्यो मतचिन्ह सम्वन्धित दलको उपमेयर वा उपप्रमुखलाई मत दिएको हुन्छ । यस्तै तेस्रो ठाडो लाइनमा कुनै एउटामा मात्र मत दिँदा वडा अध्यक्षले मत पाउने छ । त्यसपछि क्रमश महिला सदस्य, दलित महिला सदस्य, र दुइ खुल्ला सदस्यलाई मत दिनुपर्नेछ ।

३.मतपत्र पट्याउँदा पनि होसियारी

एउटा ठाडो लाइनमा एक जनाका दरले ७ वटा ठाडो लाइनमा मत दिएपछि मतदान प्रक्रिया सकिन्छ । त्यसपछि मतदाताले मतपत्रलाई विस्तारै पट्याएर मतपेटिकामा हाल्नुपर्छ ।तर, मतपत्र पट्याउने क्रममा मतसंकेत गरेको स्वस्तीक छापको मसी यदि सुक्न भ्याएको छैन भने अर्को ठाउँमा गएर लत्पतिन सक्छ ।त्यस्तो अवस्थामा तपाईले दिएको मत बदर हुनेछ । त्यसैले मतपत्र पट्याउँदा मतसंकेत गर्दा लगाएको स्वस्तिक छाप सुकिसकेको हुनुपर्नेछ । गोप्य मतदान भएकाले मतदाताले कसलाई मत दियो भनेर कसैले हेर्न पाउँदैन ।

तर, दृष्टिविहीन र अशक्त तथा वृद्धवृद्धाको हकमा उनीहहरुले इच्छाएको व्यक्ति वा मतदान अधिकृतले मतदाताले भनेको चिन्हमा मत दिनुपर्ने व्यवस्था छ ।

भोट हाल्ने तरिका भिडियो हेर्नुहोस 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

300533
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top