जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
साहित्य/सिर्जना


कविता: फूललाई माली-जीवनलाई काली


साहित्य/सिर्जना 47 पटक पढिएको २०७४ बैशाख २३ शनिवार


कविता: फूललाई माली-जीवनलाई काली



भुई झरेकाे फूल पनि फक्रिन्छ जब छुन्छ माली

शैय्या शयन जीवन नि वाैरिन्छ जब रुन्छे काली ।।

मरुभुमिमा नि हाँस्छ फूल साथमा पाउँदा माली

दु:ख,दर्दमा सन्ताेष हुन्छ जब साथ हुन्छे काली ।।


अँधिवेहरी,वर्षात,धुप सहन्छ फूल अाेत हुँदा माली

निरस,वैराग्य विर्सन्छ जीवन हात समाउछे काली ।।

भिरमा नि साेभित हुन्छ फूल साथ छत्रछाँया माली

निशामा नि उदाउँछ जीवन शयन साथ हुन्छे काली ।।


विपत्ती विचमा नि फुल्छ फूल प्यार गर्छ जब माली

रिसमा नि खुशी हुन्छ जीवन कर्के नजर तर्छे काली ।।

जलाभाव विर्सन्छ फूल सन्निकट जब अाउँछ माली

थकान दूर हुन्छ जीवन मन्दमुस्कान छाेड्छे काली ।।


भँवरा फर्काउँछ फूल पदचापसँगै जब अाउँछ माली

दुनियाँदारी विर्सन्छ जीवन जब अालिङ्गन हुन्छे काली ।।

वसन्त र शिशिरमा फरक ठान्दैन फूल साथ हुँदा माली

दिन र रातमा भेद देख्दैन जीवन वाहुपास हुँदा काली ।।


अाेईलाउँछ नभमा फूल निशाविच हराउँछ जब माली

पुर्णिमानै अाैँशी वन्छ जीवन जब नयनदूर हुन्छे काली ।।

हेमन्तलाई वफाउँछ फूल सल्वलाउँछ हात जब माली

एकान्त नि वहुल ठान्छ जीवन गुन्गुनाउछे जब काली ।।


सफल ठान्छ जन्म फूल फूल्न पाउँदा साथमा माली

सार्थक हुन्छ अाफैमा जीवन प्यारमा झुल्छे जब काली ।।

स्रोत: नव साहित्य 





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89188
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top