जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
अन्तरवार्ता


सम्वृद्ध हेटौडा मेरो सपना


अन्तरवार्ता 22 पटक पढिएको २०७४ बैशाख २२ शुक्रवार


सम्वृद्ध हेटौडा मेरो सपना


नेकपा माले केन्द्रीय सदस्य तथा जिल्ला सचिव हाल हेटौडाउ पमहानगरपालिका मेयरका उम्मेदवार भिमसेन महत संग चुनावी सेरोफेरोलाई आधार बनाएर लिइएको संक्षिप्त अन्तरबार्ता

– तपाईको सामाजिक तथा राजनीतिक पृष्ठभूमि बारेबताईदिनु न ।

म २०५२ सम्म एमालेमा आबद्ध रहे । २०५३ मामहाकाली सन्धी मार्फत देश बेच्ने काम एमालेले गरेपछि पार्टी परित्याग गरी राष्ट्रघातविरोधी अभियानलाई टेवा पु¥याउन देशभक्त वापप्रजातान्त्रिक मञ्चमा सरिक भए । २०५४सालको स्थानीय निकायको निर्वाचनमा उम्मेदवारी समेत दिएको थिए । त्यसैगरी २०६० देखिनेकपा मालेमा प्रवेश गरी निरन्तर सक्रिय रहदै आएको छु । हाल केन्द्रीय सदस्य तथा जिल्लासचिवमा रहेर काम गरिरहेको छुँ ।

– मेरो उम्मेदवारी हेटौडानगरपालिकामा भइरहेको व्यापक भ्रष्टचार विरुद्ध हो । समाजमा देखिएको विभिन्न विसंगतिविकृति विरुद्ध, अनुशासित र व्यवस्थित समाज निर्माणको लागिपनि मैले आफ्नो उम्मेदवारीदर्ता गराएको हुँ । हेटौडालाई पर्यटकीय नगरीको विकास गर्न, विकासकोपूर्वाधार मात्र विकास होइन, अराजकताको विरुद्ध सुससंस्कृत समाज बनाउनु पनि विकासहो । आफ्नो अधिकार मात्र थाहा हुने तर राष्ट्र समाजविरुद्ध जिम्मेवारी पुरा गर्नु नखोज्नेप्रवृत्ति धेरै छ । आफ्नो जिम्मेवारीको बोध गराउनु पनि विकास हो । 

– पहिलो कुरा भ्रष्टचार मुक्त नगरपालिका नै हो । अनुशासित र सुसंस्कृत समाजनिर्माण गर्न, हेटौडालाई पर्यटकीय नगरीको रुपमा विकास गराउनु मेरो प्राथमिकतामापर्नेछ । साथै बजार व्यवस्थापन गर्न, सुकुम्बासी समस्या हल गर्न पनि मैले आफ्नो भूमिकाखेल्नेछु । 

– यो सबै मतदाताहरुको चासोकोविषय हो । भत्किने कुरा रोक्न सकिदैन, २०३४ मा सडक ऐन आइसकेपछि व्यवस्था अनुसारसडकको क्षेत्राअधिकार २५ मिटर त्यतिनै बेला लगत कट्टा गरेर सडकको नाममा राखिएको भए सोस्थानमा २०३४ पछिको संरचनाहरु बन्ने थिएनन् । अहिलेपनि घरजग्गाको मालपोतले राजीनामापास गर्छ । नगरपालिकाले नक्सा पास गर्छ । राज्यको त्रृटिको कारण नागरिकले थप समस्याभोग्नुपरिरहेको छ ।  मेरो मत के थियोभने मुआब्जा सहित सडक विस्तार गरिनुपर्छ । यसो भनिरहँदा अन्य राजनीतिक दलहरु मानववस्ती घोषणा गर्नतिर लागे । जो सम्भव थिएन । त्यसकै परिणाम स्वरुप हाल विना मुआब्दासडक विस्तार कार्य शुरु भएको छ । ठूला दलको त्रृटीले गर्दा नगरबासी भ्रममा परे ।राजनीतिक दलका प्रतिनिधिले जनतालाई सत्य कुरा बताउनुपर्छ । तर यहाँ त्यसो नभईकन भ्रमछर्ने काम भएकोले समस्या परेको हो ।   

– साविकको नगरमा पछि थपिएको गाविसहरुको नाम मात्र जोडिएको छ । कुनै थपसुविधाहरु त्यहाँका नागरिकले पाएका छैनन् । कर चाँही नगरपालिका सरह लिएपछि न्युनतमआधारभूत आवश्यकता सबैभन्दा पहिले त्यहाँ पु¥याउनुपर्छ  । पूर्व नगरपालिकाको वडाहरुसरह अहिले बनेको वडाहरुमा विकासकोअनुभूति गराउनुपर्छ । म थप योजना सहित अघि बढ्नेछु ।

– सुकुम्बासी र बेरोजगार समस्यालाई कसरी समाधान गर्नेयोजना छ ?

हेटौडा उपमहानगरपालिकालाईपर्यटकीय नगरीको रुपमा विकास गर्न सके धेरै जसो बेरोजगार समस्या हल हुन्छ । राप्तीखोलाले कटान गरेको क्षेत्रमा राप्तिखोलालाई ड्याम बनाएर नियन्त्रण गरिसकेपछि सोहीकटान क्षेत्रमा नगर अन्तरगत रहेका सुकुम्बासीको डाटा संकलन गरेर यथार्थ सुकुम्बासीलाईसोही स्थानमा राखिदिने मेरो योजना छ । कामलाई सम्मान गर्ने समाज निर्माण गर्न सकेसानो वा ठूलो काम नभनी मानिसहरु आफै काम गर्न थाल्छन् जुन संस्कार निर्माणगर्ने मेरो योजना छ ।  





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89180
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top