जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
खेलकुद


युभेन्टसको सहज जित


खेलकुद 17 पटक पढिएको २०७४ बैशाख २१ बिहीवार


युभेन्टसको सहज जित


युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनल चरणको पहिलो लेगको खेलमा युभेन्टसले घरेलु टोली ए.एस मोनाकोलाई २-०ले पराजित गरेको छ।

खेलमा केहि आक्रमक देखिएको मोनाकोले आफुले पाएको मौकाहरुको सदुपयोग गर्न नसक्दा पराजय भोग्नुपरेको हो। उता युभेन्टसले भने मोनाकोको घरेलु मैदानमा सम्हालिएर खेलेको थियो।

खेलको २९औं मिनेटमा गोन्जालो हिगुएनले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए। ५९औं मिनेटमा हिगुएनले व्यक्तिगत दोश्रो गोल गरेपछि युभेन्टसको जित पक्का भएको थियो। दुवै गोलका लागि ड्यानी आल्भेसले असिस्ट प्रदान गरेका थिए।

यस सेमिफाइनलको दोश्रो लेग अर्को साता टुरीन स्थितयु भेन्टसको घरेलु मैदानमा हुनेछ। -एजेन्सी





कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

300545
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top