जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
अन्तरवार्ता


यौनिक रुपमा स्वतन्त्र नभएसम्म महिला स्वतन्त्र हुँदैनन्


अन्तरवार्ता 9 पटक पढिएको २०७४ बैशाख ०८ शुक्रवार


यौनिक रुपमा स्वतन्त्र नभएसम्म महिला स्वतन्त्र हुँदैनन्


‘लज्जा’ उपन्यास मैले धरै वर्षअघि पढेको थिएँ । त्यसपछि अरु पनि केही पढियो र लेखिकाको नाम घोकियो तसलिमा नसरिन ।

तसलिमाको नाम तसल्लीका साथ लिन मिल्दैनथ्यो, किनभने यो नामसँगै उनको विद्रोह पनि गासिएर आउँथ्यो । 

कतिले उनको विद्रोहलाई होइन यौन पक्षलाई बढी प्रधानता दिन्थे र भन्थे– यो त निकै ‘छिल्लिएर’ लेख्छे, आइमाई होइन र ? यो त्यही कुरा थियो जुन नयाँ सोच्ने पुरुष लेखकलाई ‘अराजक’ र महिला लेखिकालाई ‘छिल्लिने’ भनेर भनिन्थ्यो/भनिन्छ ।

अँध्यारो दिमागलाई उजिल्याउन झ्याल खोलेर प्रकाशलाई भित्र्याउँदै मात्र के थिएँ कि अप्ठेरो पार्ने गरीको फोन आयो । फोन उही विद्रोही लेखिकासँग भेट्नेबारेको जानकारीसहित थियो । त्यसपछि निकै अल्छीपनाका साथ मैले कोठा छोडेँ । तर जति अल्छी गरेको थिएँ त्यो भन्दा निकै फुर्तिका साथ न्यानो माया दिन कार्यक्रम आयोजक प्रमिला रिजाल अग्रसर देखिनुभयो । ‘साउथ एसियन उमन डेभलपमेन्ट फोरम’ले आयोजना गरेको कार्यक्रममा तसलिमा मन्तव्य राख्न आएकी थिइन । विद्रोही लेखिकाको गहन पाठक मेरा मित्र वासुदेव पौडेल मसँगै थिए, जसले मलाई अन्तिमसम्म साथ दिए ।

अन्तरवार्ता लिनु सजिलो थिएन । त्यो पनि म जस्तो सामान्य कथित पत्रकारले । विद्रोही लेखिकाको सुरक्षामा सुरक्षाकर्मी खटिएका थिए । हामीले त्यसलाई पार गर्नु ठूलो कुरा थिएन । ठूलो कुरा त विद्रोही लेखिकाले दिएको समयमा नै विद्रोह गर्ने हो कि भन्ने थियो । आखिर त्यही भयो । उनले अनलाइनलाई अन्तरवार्ता दिने आफ्नो नीति नरहेको सूचना हामीसम्म आइपुग्यो । जब कि हामीलाई तोकिएको समयसम्म त्यसबारे केही थाहा थिएन । म जसरी भए पनि एक पटक उनैसँग कुरा गरेर मात्र घर फर्किने सोचमा दृढ थिएँ । पछि धन्न उनले हामीलाई बोलाइन् । हामीसँगै रहेकी फोटो पत्रकार विजु महर्जनसहित हामीले झण्डै तीन घण्टा कुरेर अन्तरवार्ता लियौँ ।

अन्तरवार्ता दिन हाम्रै अगाडि बसेकी ५५ वर्षीय तसलिमा निकै मधुरो र मीठो स्वरमा हाम्रा प्रश्नहरुको जवाफ दिन तयारी थिइन् । अन्तरवार्ता लिने ठाउँसम्म मसिनो स्वरमा सङ्गीत बजिरहेको थियो । तर जीवनको लयबद्ध सङ्गीतमा आफन्त र समाज छोडी २५ वर्ष निर्वासित जीवन बिताउनु पक्कै पनि सहज होइन । उनी पेसाले चिकित्सक हुन् । चिकित्सक पेसामै हुन्थिन् त सायद उनी हुन्थिन् बङ्गलादेशमै । जुन उनको आफ्नो मातृभूमि हो । तर आफूले देखेको, भोगेको कुरालाई शब्दमा उतार्ने बानीले उनलाई तानी ल्यायो लेखनमा । लेखक भएर बाँच्न कति गारो छ, त्यसको जिउँदो उदाहरण हुन् तसलिमा । किनभने त्यही लेखनले उनलाई जन्मभूमिबाट बेदखल गरायो । तर भन्छिन्– म अन्तर्राष्ट्रियतावादी हुँ । राजनीतिक सीमाले मान्छेलाई बाध्ने परम्परा ठीक होइन । आशा गरौँ उनले सोचेको अन्तराष्ट्रियतावाद हाम्रै जीवनकालमा भोग्न पाइनेछ ।

उनै लेखिका जसले झण्डै साढे तीन दशक लेखनमा र महिलाको अधिकारका पक्षमा खर्च गरिन्, उनले नै महिलालाई कसरी हेर्छिन् भन्ने जान्न चाहनु मेरा लागि रुचिपूर्ण थियो ।

दक्षिण एसियाको सन्दर्भमा बितेको एक दशकमा महिलाहरुको भूमिकामा यहाँले कस्ता परिवर्तनहरु महसुस गर्नुभएको छ ?

राम्रा र नराम्रा दुवै । धेरै महिलाहरुले रोजगारी पाइरहेका छन् । विशेष गरी बङ्गलादेशको सन्दर्भमा महिलाहरुले गार्मेन्ट उद्योगहरुमा जागिर पाएका छन् । पहिले उनीहरु बेरोजगार थिए । यस कुरालाई हेर्दा के भन्न सकिन्छ भने महिलाहरु आर्थिक रुपमा स्वतन्त्रत हुन थालेका छन् । तर इस्लामीकरणका कारण महिलाहरु बुर्का र हिजाब लगाउन बाध्य छन् ।

धेरै महिला धार्मिक कानुनको पालना गर्दछन् र उनीहरुलाई महिला विरोधी परम्परा, रहनसहन र भेष–भुषाबाट कसरी छुटकारा पाउने भन्ने नै थाहा छैन । त्यसैले मेरो अनुभवमा ‘इन्डियन सब–कन्टिनेन्ट’मा महिलाहरुमा राम्रा र नराम्रा दुवै परिवर्तन देखिएका छन् । केही सन्दर्भमा यो परिवर्तन अग्रगामी छ भने कहीँ पश्चगामी ।

दक्षिण एसियाको समाजमा महिलाहरुको जसरी चरित्र निर्माण गरिएको छ, त्यस कुरालाई तपार्इंले कसरी हेर्नु भएको छ ?

मलाई लाग्दैन यहाँ महिलाहरुको विकासका लागि केही धेरै गरिएको छ । अझै पनि यहाँ महिला विरोधी धेरै कानुन, भेष–भुषा र परम्पराहरु विद्यमान छन् । तर पनि के विश्वस्त पार्न खोजिन्छ भने महिलाहरु स्वतन्त्र छन् । पीतृसत्तात्मकता अझै पनि जस्ताको तस्तै छ, जहाँ महिलाहरु दोस्रो दर्जाको नागरिकका रुपमा गनिन्छन् ।

वैवाहिक व्यवस्था त्यस अर्थमा ठीक हो, जब यो मायामा आधारित हुन्छ । यदि महिला र पुरुष एकअर्कालाई माया गर्छन भने त्यो ठीक छ र उनीहरु विवाह गर्न सक्छन् । धेरै ठाउँमा हामी के देख्छौँ भने महिलाहरु खाना बनाउन, सरसफाइ गर्न, पुरुषको सेवा गर्न र बच्चा जन्माउनका लागि ल्याइएका हुन् ।

उनीहरुलाई यौन वस्तु र बच्चा उत्पादन गर्ने कारखानाको रुपमा लिइन्छ । महिलाहरु पढ्छन्, जागिर गर्छन् र कमाउँछन पनि तर उनीहरुलाई पुरुषको दासझैँ व्यवहार गरिन्छ । पितृसत्तात्मक सोचमा अलिकति पनि परिवर्तन आएको छैन । जसले अझै पनि महिलाहरुलाई डसिरहेको छ ।

विवाह नामक संस्थालाई तपाईंले कुन दृष्टिकोणका साथ हेर्ने गर्नु हुन्छ ? महिलाहरुको सशक्तीकरणमा यसले कस्तो भूमिका खेलेको पाउनुभएको छ ?

वैवाहिक व्यवस्था त्यस अर्थमा ठीक हो, जब यो मायामा आधारित हुन्छ । यदि महिला र पुरुष एकअर्कालाई माया गर्छन भने त्यो ठीक छ र उनीहरु विवाह गर्न सक्छन् । धेरै ठाउँमा हामी के देख्छौँ भने महिलाहरु खाना बनाउन, सरसफाइ गर्न, पुरुषको सेवा गर्न र बच्चा जन्माउनका लागि ल्याइएका हुन् ।

हाम्रो समाजमा यो धारणा र अभ्यासलाई नै विवाहको प्रमुख आदर्श वाक्य बनाइयो । होइन र ? एउटा पुरुषका लागि विवाह घरको काम गर्न, बच्चा जन्माउन र हुर्काउन एउटी आइमाई ल्याउनु सरह मात्र हो । महिलाहरु पनि आफू सुरक्षित हुन, बाँच्न र पैसा इत्यादिका लागि विवाहमा बाँधिने गर्छन् । म यस प्रकारको वैवाहिक व्यवस्थालाई ठीक ठान्दिनँ ।

सामान्यतः धेरै विवाहमा पुरुषलाई प्रभु स्वामी र महिलालाई दासीका रुपमा लिइन्छ । त्यसैले महिलाहरु सधैँभरी यसैगरी पुरुषमाथि निर्रभर हुने हो भने त्यो सम्बन्ध केवल प्रभु र दासीका रुपमा नै रहिरहने पक्का छ । वास्तवमा प्रभु र दासीको सम्बन्धभन्दा त्यहाँ समान मानवको हैसियतमा एकअर्कालाई माया गर्ने जोडी हुनुपर्ने हो ।

त्यस्तो सम्बन्धमा जब उनीहरुसँगै बस्न र एकअर्कालाई माया गर्न थाल्दछन्, त्यो मायाको समायोजनबाट मात्र बच्चाले रुप लिनुपर्छ । त्यसपछि जन्मिएको बच्चालाई पनि सम्पत्तिको रुपमा लिइनु हुँदैन । मानिसहरु भन्ने गर्छन– ‘तिनीहरु मेरा बच्चा हुन् ।’ त्यो किनभने पुरुषहरु जहिले पनि आफ्नो व्यापार–व्यवसाय आफ्ना छोराहरुले अधिग्रहण गरी सञ्चालन गरुन् भन्ने चाहन्छ ।

मैले निकै नजिकबाट के देखेकी छु भने मेरो लेखाइबाट धेरै लेखक तथा महिलाहरुलाई प्रेरणा मिलेको छ । धेरै मानिसहरुले आफूलाई परिवर्तन गरेका छन् । पहिलेको तुलनमा उनीहरु सशक्त भए भन्ने उनीहरुले नै मलाई भनेका छन् । मेरो लेखनले उनी (महिला)हरुलाई परिवर्तनमा ऊर्जा दिएको छ ।

महिलाहरुले घरभित्र समान अधिकार पाउँदैनन् भने उनीहरुले बाहिर पनि समान अधिकार पाउन सक्दैनन् । त्यसैले मैले बारम्बार भन्ने गरेकी छु, घरको काम र बालबालिकाको हेरचाहको काम महिलाले मात्र गर्नुपर्ने कामको रुपमा लिइनु हुँदैन । पुरुषहरुले मात्र बाहिरको काम गर्नुपर्छ भन्ने धारणालाई पनि परिवर्तन गर्नुपर्छ । महिला र पुरुष दुवै घरबाहिर र घरभित्र उत्तिनै काम गर्न सक्छन् । यसलाई समान र साझा कामका रुपमा लिइनुपर्छ । यो नै वास्तविक साझेदारी हो, जुन विवाहको मर्म हो ।

एउटा लेखकलाई राजनीतिले कति प्रभावित पार्न सक्छ भन्ने कुराको सजीव उदाहरण तपाईं नै हो भन्ने लाग्छ तर त्यही कुरालाई तपाईंले आफ्नो शब्दमा भन्नु परेमा कसरी भन्नु हुन्छ ?

राजनीतिको अर्थ जहिले पनि सापेक्षित हुन्छ । जस्तैः केही लेखकहरु राजनीतिक रुपमा सचेत हुन्छन् । केही लेखक राजनीतिमै लाग्छन् । तर केही लेखक जस्तोसुकै राजनीतिबाट पनि टाढा रहन्छन् । तर त्यस्ता लेखक जो समाजप्रति प्रतिबद्ध हुन्छन् उनीहरुको लेखनले समाज परिवर्तन र मानिसहरुको स्तर उन्नतिमा प्रभाव पार्छ ।

मैले निकै नजिकबाट के देखेकी छु भने मेरो लेखाइबाट धेरै लेखक तथा महिलाहरुलाई प्रेरणा मिलेको छ । धेरै मानिसहरुले आफूलाई परिवर्तन गरेका छन् । पहिलेको तुलनमा उनीहरु सशक्त भए भन्ने उनीहरुले नै मलाई भनेका छन् । मेरो लेखनले उनी (महिला)हरुलाई परिवर्तनमा ऊर्जा दिएको छ । उनीहरु आफै निर्णय गर्न सक्ने बनेका छन् । उनीहरु पुरुषभन्दा आफूलाई कम ठान्दैनन् । त्यसैले मैले सामान्य मानिसहरुलाई आफ्ना अधिकार र स्वतन्त्रताका लागि लड्न प्रेरित गरेकी छु । केही लेखकहरु फरक हुन्छन्, उनीहरु अझै पनि कविता र काव्य मात्र लेख्ने गर्छन् र उनीहरुलाई समाज परिवर्तनको केही मतलव हुँदैन ।

मेरो हकमा, म समाज परिवर्तनप्रति सचेत छु । विशेष गरेर महिला र मानव अधिकारको विषयमा म निकै सचेत छु । मैले विशेष गरेर वाक स्वतन्त्रताका लागि बोल्ने र लेख्ने गरेकी छु । तसर्थ पनि यो समाजका लागि म योगदान दिन चहान्छु । किनभने म यो समाजलाई बदल्न चहान्छु । म मानिसहरुलाई सहयोग गर्न चहान्छु र उनीहरुले वाक स्वतन्त्रताको प्रयोग गरेको हेर्न चहान्छु ।

त्यसैले मेरो राजनीति भनेको मानिसलाई आफ्ना भनाइ राख्न अवरोध हुनुहुँदैन भन्नेमा केन्द्रित हुन्छ । राजनीतिक दल र धर्मबाट टाडा रहनुपर्छ । विशेष गरेर राज्य त झनै धर्मबाट टाढा रहनुपर्छ । कानुनहरु धर्ममा आधारित रहेर निर्माण गरिनुु हुँदैन । कानुन समानतमा आधारित हुनुपर्छ । त्यसैले म लेखकाका रुपमा कविता, काव्य र काल्पनिक कथा मात्र लेख्दिनँ कि सत्य र तथ्यमा आधारित रहेर लेख्ने गर्दछु । ता कि उनीहरुलाई मेरो लेखनले उत्प्रेरित गरोस् र राजनीतिक रुपमा सचेत रहन प्रेरणा मिलोस् ।

म समाजप्रति प्रतिबद्ध लेखक हुँ । म महिला अधिकार र मानव अधिकारको विषयमा जे लेख्छु त्यो नै ‘एक्टिभिजम’ हो । बाहिर गएर प्रदर्शन गर्नुलाई मात्र ‘एक्टिभिजम’ भनिदैन । म लेखाइबाटै धेरै मानिसहरुलाई सचेत पारिरहेकी छु । मैले पर्चा, पम्पलेट नछाप्दैमा र बाहिर गएर प्रदर्शन नगर्दैमा यसलाई ‘एक्टिभिजम’ होइन भन्न मिल्दैन । मैले यी सबै कुरा मेरो लेख–रचनाबाट गरी रहेकी छु ।

त्यसको अर्थ तपाईंलाई राजनीतिले लेख्न थप घच्घच्याउँछ र प्रेरित गर्छ भन्न खोज्नु भएको ?

राजनीतिले मलाई असर पारेको छैन । तर मेरा विचारहरुले राजनीतिलाई प्रभावित पार्ने गरेको छ । मेरा आफ्नै केही विचारहरु छन्, जसमा म दृढ छु । मेरा विचारलाई मैले दह्रोसँग समाएकी छु । त्यसैमा टेकेर मैले राजनीतिक दल र तीनका योजना विचारहरुको आलोचना गर्ने गर्छु । ममा कसैप्रति आसक्ति छैन । चाहे त्यो वामपन्थी होस् अथवा दक्षिणपन्थी । मलाई लागेको कुरामा म उनीहरुको आलोचना गर्ने गर्छु ।

वामपन्थी अथवा दक्षिणपन्थी जेसुकै होस मैले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्नुपर्छ । म मेरो विचारका आधारमा विषयहरुलाई स्वीकार र अस्वीकार गर्ने गर्छु । मेरो आफ्नै दिमाग छ, सोच छ, जसले सही र गलत छुट्याउँछु । यसलाई कसैले प्रभावित पार्न सक्दैन । मैले पूर्णरुपमा सही र सम्पूर्ण मानव अधिकारको रक्षा गर्ने राजनीतिक संस्था भेटेकी छैन । तिनीहरुमा सधैँ केही राम्रा र नराम्रा कुराहरु हुन्छन्, जसबाट राम्रा कुरा मात्र मैले लिने गरेकी छु ।

विश्वका कैयौँ लेखकले ‘एक्टिभिजम’ गरेको देखिन्छ तर तपाईंले त्यसो गरेको पाइँदैन । तपाईंलाई के लाग्छ, एउटा लेखकले ‘एक्टिभिजम’ गर्नु हुन्छ कि हुँदैन?

यहाँ धेरै लेखकहरु छन् । जसले ‘डेमोन्सटे«टिभ एक्टिभजम’ गर्दैनन् । मेरो एक्टिभिजम भनेको मेरो लेखाइ हो । म समाजप्रति प्रतिबद्ध लेखक हुँ । म महिला अधिकार र मानव अधिकारको विषयमा जे लेख्छु त्यो नै ‘एक्टिभिजम’ हो । बाहिर गएर प्रदर्शन गर्नुलाई मात्र ‘एक्टिभिजम’ भनिदैन । म लेखाइबाटै धेरै मानिसहरुलाई सचेत पारिरहेकी छु । मैले पर्चा, पम्पलेट नछाप्दैमा र बाहिर गएर प्रदर्शन नगर्दैमा यसलाई ‘एक्टिभिजम’ होइन भन्न मिल्दैन । मैले यी सबै कुरा मेरो लेख–रचनाबाट गरी रहेकी छु ।

मेरा हरेक लेखाइहरुमा मैले केही सन्देश दिने गरेकी छु । यिनमा खुसी हुनु, दुःखी हुनु, मायामा पर्नु जस्ता विषय मात्र छैनन् । मैले मेरा लेख–रचना मार्फत गहन सन्देश दिन सधैँ प्रयासरत छु । मेरा हरेक कृतीहरुमा महिलाहरु शसक्त र बलिया हुन्छन् । उनीहरु कहिल्यै कसैको दबाब सहन गर्दैनन् । अवरोधहरु तोड्छन र स्वतन्त्र हुन चहान्छन् । मेरा हरेक कृतिहरुमा महिला सशक्त भएजस्तै पुरुष लेखकहरुका कृति हेर्नुस् त, त्यहाँ महिलाहरुको भूमिका शान्त र दासी स्वभावका हुन्छन् ।

त्यहाँ महिलाहरु कहिल्यै विद्रोह गर्दैनन् । उनीहरु पतिको सेवामा, परिवारको हेरचाहमा र पुरुषको आदेश मान्न तल्लीन रहन्छन् । पुरुष लेखकहरुको लेखनमा महिलाले आफ्नो सम्पूर्ण माया पतिमा अर्पण गर्छन् तर उनीहरुलाई पतिबाट माया पाइएको छ कि छैन् भन्नेसमेत मतलब हुँदैन । उनीहरु महिलालाई यसरी आदर्श नारीका रुपमा चित्रित गर्न सधैँ तम्तयार हुन्छन् । तर मेरा कृतिहरुमा महिलाहरु ती हुन् जो सधैँ समाजमा विद्यमान व्यवस्था र पितृसत्तात्मक सोचको विरुद्धमा उत्रिन्छन् । यो नै मेरो ‘एक्टिभिजम’को शैली हो ।

तपाईंले पितृसत्तात्मकता, धार्मिक अतिवाद, यौन हिंसाबारे निकै लेख्नुभयो र अरुलाई पनि यसैमा लेख्न प्रेरित गर्नुभयो । तर यी साहित्यमा मूलतः यौनलाई नै केन्द्र बनाइयो भन्ने धारणा रहेको छ । के तपाईंलाई महिलाकै विषयमा लेख्दा पनि यसबाहेक लेख्न अरु विषय छन् भन्ने लागेन ?

यौन मात्र होइन, जसमा मैले कलम चलाएँ । मैले महिलाका सम्पूर्ण मुद्दाहरुमा लेखेकी छु । मैले महिलाको यौनिक स्वतन्त्रताको विषयलाई जोड दिएर भने लेखेकी हुँ । किनभने मानिसहरु के बुझ्ने गर्छन् भने महिलाहरु स्वतन्त्र भइसके र अलिक धरै नै स्वतन्त्र भए त्यो सही होइन । महिलाहरुको स्वतन्त्रता आज पनि पुरुष नियन्त्रित स्वतन्त्रता हो ।

कुनै समय थियो जति बेला पुरुषहरु महिलालाई विद्ययालय, कलेज र जागिरमा नजा भन्थे तर समय फेरिएसँगै उनीहरुले अहिले कम्तीमा पढ्न, जागिर खान जा भन्न थालेका छन् । त्यो पुरुषहरुले हामीलाई दिएको नियन्त्रित स्वतन्त्रता र छुट हो । तर महिलाले अझै पनि वित्तीय स्वतन्त्रता र ‘मोभिलिटी’ (गतिशीलता) अधिकार प्राप्त गर्नु बाँकी नै छ ।

हाम्रो समाजमा महिला आज पनि सामान लिन बजार जान पाउने अवस्था छैन । यदि महिलाहरु बाहिरफेर हिँडडुल गर्न लागेमा पुरुषले उनीहरु यौनिकरुपमा स्वतन्त्र भएको ठान्छन र उनीहरुले त्यसो गरुन् भन्ने पटक्कै चाहँदैनन् । यो क्षेत्रमा महिलाहरु अझै पनि स्वतन्त्र छैनन् । त्यसैले मैले भन्ने गरेकी छु महिलाहरु त्यसबेलासम्म स्वतन्त्र हुँदैनन् जबसम्म उनीहरु यौनिक रुपमा स्वतन्त्र हुँदैनन् ।

मानिसहरु जहिले पनि मलाई अपमानित गर्न र विवादमा तान्न प्रयासरत छन् । जसले मेरा कृतिहरु मनपराउँछन्, सबै विषयमा पढ्न सक्छन् । ती मेरा दुस्मन हुन्, जो जहिल्यै दोष दिइरहन्छन् ।

यौनिक स्वतन्त्राको अर्थ जुन पुरुष भेट्यो त्यसैसँग जतिबेला पनि सुत्न पाउने अधिकार भन्ने होइन । यौनिक अधिकारको अर्थ यौन सम्पर्क गर्दा पनि महिलाको इच्छाको सम्मान गरिनुपर्छ भन्ने हो । महिलाले आफ्नै पतिसँग पनि ‘हुन्न’ भन्ने अधिकार पाउनुपर्छ भन्ने हो । यदि ऊ चहाँदिन भने उसलाई ‘हुन्न’ भन्ने अधिकार हुनुपर्छ । ‘हुन्न’ अर्थात् ‘हुन्न’ । कतिवटा बच्चा जन्माउने अथवा जन्माउँदै नजन्माउने अर्थात् महिलाको पाठेघरमाथिको पुरुष नियन्त्रणको अन्त्य नै यौनिक स्वतन्त्रता हो । महिलाहरुलाई पढ्न पाउने, जागिर खाने, संसद र सरकारमा जाने अधिकार दिइयो तर यौनिक स्वतन्त्रताको अधिकार दिइएन । धेरै मानिसहरुले यस विषयमा बोलेका छैनन्, तसर्थ पनि मैले यस विषयमा जोड दिइरहेकी छु ।

महिलाहरु यौन स्वतन्त्रताबाट वञ्चित छन्, सही कुरा हो तर तपाईंसँग लेख्न त्योबाहेक अरु कुनै समस्या छैनन् ?

मैले महिला शिक्षा, स्वतन्त्रता र निर्णय लिनुमा महिलाको सहभागिताका विषयमा लेखेकी छु । मानिसहरु मैले लेखिरहेका अन्य विषय हेर्दैनन् । मात्र यौनका विषयमा के लेखेको छ, त्यो हेर्छन् । वास्तवमा मैलै महिलाका सम्पूर्ण विषयमा लेखेकी छु ।

तपाईंलाई चित्त दुखेको छ र ?

होइन, म त्यस्तो सोच्दिन । मानिसहरु जहिले पनि मलाई अपमानित गर्न र विवादमा तान्न प्रयासरत छन् । जसले मेरा कृतिहरु मनपराउँछन्, सबै विषयमा पढ्न सक्छन् । ती मेरा दुस्मन हुन्, जो जहिल्यै दोष दिइरहन्छन् ।

कट्टरपन्थीहरुको तपाईंप्रतिको धारणा अधिकांशलाई थाहा भएकै कुरा हो तर तपाईंप्रति उदार प्रगतिशीलहरुको धारणा पनि भिन्न छ, किन ?

तपार्इं उनीहरुलाई उदारवादी ठान्नुहुन्छ तर उनीहरु उदारवादी होइनन् । त्यसैले सबै उदारवादीहरु मेरा विषयमा समान सोच राख्दैनन् । यही मूल कारण हो, जसले गर्दा ती उदार भनिनेहरुले मैले सीमापार गरेँ भन्ने सोच्छन् । तपार्इंले पनि त्यस्ता उदारवादीहरु नै भेट्नुभएको होला जो मलाई गलत ठान्छन् । त्यसैले तपाईंले पनि उनीहरुलाई ठीक र मलाई बेठीक ठान्न पुग्नुभयो होला ।

उनीहरु स्वयम्लाई एउटा सीमामा राख्ने गर्छन् तर मलाई सीमा मन पर्दैन । उनीहरुले मैले यौनिक स्वतन्त्रताको विषयमा लेखेको र बोलेको मन पराउँदैनन् । तिनीहरु महिलाहरु लजालु नै भइरहनुपर्छ भन्ने सोच्छन् । म महिलाले साहस र दुस्साहस गर्नुपर्छ भन्छु । यस अर्थमा उनीहरु महिला विरोधी हुन् । हामीहरु त्यही कुरा खुट्टयाउन नसकेर उनीहरुलाई उदारवादी भन्ठान्छौँ ।

भन्नुको अर्थ तपाईं उनीहरुभन्दा धेरै उदार हुनुहुन्छ भन्न खोज्नुभएको ?

जब कुनै महिला अधिकारवादी लेखक अथवा अभियान्ता महिला अधिकारका बारेमा समाजमा बोल्छे त्यतिबेला कम्तीमा उसले उदारवादी अथवा प्रगतिशीलहरुसँग त्यस मुद्दामा स्विकारोक्तिको अपेक्षा राख्छे । तर उनीहरुको सीमा हुन्छ । उनीहरुको उदारवादको सीमा त्यहाँसम्म हो जहाँ उनीहरु सोच्छन्– सबै पुरुषहरु पूर्णस्वतन्त्र छन् तर महिलाका स्वतन्त्रतामा भने सीमा कायम गरिनुपर्छ ।

उनीहरु अहिले पनि पितृसत्तात्मक व्यवस्थामा विश्वास राख्छन् । मेरो आलोचनात्मक दृष्टिकोणले उनीहरुलाई उदारवादी देख्दैन । बङ्गालादेश र भारतमा धेरै लेखकहरु जो उदार कहलिएका छन्, उनीहरु महिलाको मुद्दामा महिला विरोधी हुन पुग्छन् । उनीहरु हदैसम्मका महिला विरोधी हुन् । बङ्गालादेशमा एक जना लेखक छन् जो बामपन्थी पनि हुन् उनी महिलालाई शोषण गर्ने गर्छन् ।

धेरै मानिसहरु उनको लेखनी र ओहदा हेरेर केही बोल्न सक्दैनन् । तर म त्यसको विरोध गर्छु । उनलाई त्यसो गर्ने कुनै अधिकार छैन । लौ भन्नुस त हामी कसरी उनलाई उदारवादी भन्न सक्छौँ ? जो प्रख्यात लेखक भएको नाममा यस्ता कुकर्म गर्छन् । अनि त्यसको विरोध गर्दा तिमी स्वयम् त्यो महिला लेखिकाको ‘चरित्र’ निर्माण गर्छौँ र आफै निर्णयकर्ता बनेर भन्छौँ म उदारवादी ।

महिला लेखकहरुमाथि पुरुष लेखकको ‘डोमिनेसन’ छ भन्ने तर्फ इङ्गित गर्न खोज्नु भएको ? 

हो । जो मिडियाका पछि दगुर्छन् उनीहरुको एकखाले मानसिकता विकास भैसकेको छ भन्नुको अर्थ ‘बे्रन वास’ भैसकेको छ । त्यसमा परिवर्तन आउनु जरुरी छ । महिलालाई उसको शारीरिक सुन्दरताका कारण महान ठानिनु हुदैन ।

यस्तो कहिलेसम्म रहने देख्नु हुन्छ ?

महिला लेखकहरुबारे यहाँ अर्को महत्वपूर्ण कुरा पनि छ । महिलाहरु जति नै राम्रा पुस्तक किन नलेखून् तैपनि उनीहरुलाई पुरुषभन्दा कम ज्ञानी ठानिन्छ । किनभने उनीहरु त्यस्तो घरमा हुर्केर आएका हुन्छन् जहाँ सदैब बाभन्दा आमा कम बुद्धिमान हो भन्ने सिकाइएको हुन्छ । त्यसैको प्रतिछायाँमा उनीहरु सदैव महिलालाई कम जान्ने बुझ्ने दोस्रो दर्जाको नागरिकको रुपमा हेर्छन् र त्यही अनुरुप व्यवहार गर्छन् ।

यो कुरा यति वर्ष भइसक्यो कि यसले सामान्य कुराले जस्तै मस्तिष्कमा घर बनाएको छ । यही कुरा तपाईं सञ्चार माध्यममा पनि हेर्न सक्नुहुन्छ । सञ्चार माध्यमहरुले कहिलै पनि बुद्धिमान महिला भन्दैन उसले सुन्दर महिला भन्छ । ‘सुन्दर प्रसिद्ध महिला’ तर ‘बुद्धु महिला’ । उनीहरु राम्रा त हुन्छन् तर दिमाग नभएका । तर पुरुष प्रसिद्ध पनि हुन्छ, बुद्धि भएको वौज्ञानिक र विचारक पनि हुन्छ । यी सबै कुरालाई हामीले मसिनो गरी केलाएर हेर्नुपर्ने हुन्छ । किनभने यही कुरा मानिसहरुको मस्तिष्कमा बस्छ । सञ्चारमाध्यमहरुले यीनै कुराहरुलाई प्रस्तुत गरेर साधारण मानिसहरुको ‘बे्रन वास’ गरी रहेको हुन्छ ।

विश्व भरीनै सञ्चारमाध्यमहरुले यही भूमिका खेलेका छन् त ?

जो मिडियाका पछि दगुर्छन् उनीहरुको एकखाले मानसिकता विकास भैसकेको छ भन्नुको अर्थ ‘बे्रन वास’ भैसकेको छ । त्यसमा परिवर्तन आउनु जरुरी छ । महिलालाई उसको शारीरिक सुन्दरताका कारण महान ठानिनु हुदैन । बौदिकतालाई पनि महिलाको सम्पत्तिका रुपमा लिईनु पर्छ । त्यसो त महिला र पुरुष दुवैको सम्पत्तिको रुपमा शरीरलाई होइन बौद्धिकतालाई लिईनु पर्छ ।

बेगम रोकेयालाई बङ्गलादेशमा सहासी र दृढ महिलाका रुपमा चिनिन्छ साथै कहिलेकाहीँ तपाईंको तुलना उहाँसँग पनि हुने गर्छ तर पनि तपाई उनी जति सशक्त हुन नसकेको गुनासो आउँछ । तपाईंलाई के कुराले बेगम रोकेया भन्दापछि पारेको होला ?

(हाँस्दै…) थाहा छैन, मानिसहरु किन यसो भन्छन् । हामीबीच एक सय वर्षको भिन्नता छ । प्रकृतिक रुपमा पनि हामीबीच भिन्नता हुनु जरुरी छ । म उहाँभन्दा एक पाइला पछाडि होइन कि एक पाइला अगाडि हुनुपर्छ । बेगम रोकेया हिजाब लगाउनु हुन्थ्यो, उहाँ श्रीमानको रेखदेखमा हुनुहुन्थ्यो । उहाँले सम्झौता गर्नुभयो । उहाँले गर्ने यी कुनै काम मैले गरिनँ । त्यसैले हामीबीच निकै भिन्नता छ । त्यसो त मानिसमा परिवर्तन देखापर्न एक सय वर्ष भनेको मनग्य समय हो ।

बङ्गलादेश र भारतमा केही समययता आफ्नो विचार राखेकै भरमा ब्लगर, लेखक, प्रध्यापकहरु मारिनुपरेको छ । तपाईंले यी घटनाहरुलाई कसरी हेरिरहनुभएको छ ?

यी दुवै ठाउँका घटनालाई मैले एउटै दृष्टिकोणबाट हेरिरहेकी छु । यस्ता घटनाहरुले मलाई निकै दुखित तुल्याउँछ । मुस्लिम र हिन्दू धार्मिक अतिवादीहरुले प्रगतिशील लेखकहरुको समान प्रकृतिमा हत्या गरिरहेका छन् । भारतको समस्या भनेको त्यहाँका धार्मिक उदारवादीहरु हिन्दु कट्टरपन्थीहरुको मात्र विरोध प्रदर्शन गर्छन् ।

‘ही इज अ भेरी डम्ब एन्ड इन्टोलरेन्ट म्यान’ । ऊ शक्तिमा आएको देख्दा मलाई दुःख लागेको छ । अमेरिकामा यति असहिष्णु मानिस पहिला कहिल्यै पनि सत्तामा आएको थिएन ।

तर उनीहरु मुस्लिम कट्टरपन्थीहरुको विरोध गर्दैनन्, जबकी उनीहरुबाट एकै प्रकारको अपराध भएको हुन्छ । के ठानिन्छ भने भारतमा मुस्लिमहरु अल्पसख्यामा छन्, यदि अल्पसख्यकहरुबाट अपराध भएमा त्यसको विरोध गर्ने होइन कि उनीहरुको मुख बन्द गराउने हो । तर कट्टरपन्थीहरु कुनै पनि समुदायका लागि हितकर हुँदैनन् । त्यसैले हामीलाई उनीहरु विरुद्ध समानरुपमा लड्नुपर्नेछ ।

के उनीहरु फाँसीवादतर्फ उन्मुख छन् ?

हो । सत्ताधारीहरुनै धार्मिक फासीवाद तर्फ उन्मुख छन् । कसैले फरक विचार राख्छ भने उसलाई धर्मको नाममा मारिएको छ । भारतमा एमएम कलबुर्गी, पानसिंह खरे, दाभोलकर र बङ्गलादेशमा धार्मिक उदारवादमा विश्वास राख्ने थुप्रै व्लगरहरुको हत्या भएको छ । त्यसैले हामी अहिले झनै खतरनाक अवस्था तर्फ उन्मुख भैरहेका छौँ । यथास्थीतिवादी र कट्टरपन्थीहरु पागल भएका छन् । उनीहरु स्वतन्त्र विचारकलाई मारेर आआफ्नो धर्म स्थापना गर्न खोजिरहेका छन् । समाजमा स्वतन्त्र विचारकहरु भएनन् भने समुदायको कहिलै पनि उद्धार हुन सक्दैन ।

अमेरिकामा ट्रम्पको उदयलाई कसरी हेर्नुभएको छ त ?

यो लाजमर्दो कुरा हो । विल्कुलै लाजमर्दो । ‘ही इज अ भेरी डम्ब एन्ड इन्टोलरेन्ट म्यान’ । ऊ शक्तिमा आएको देख्दा मलाई दुःख लागेको छ । अमेरिकामा यति असहिष्णु मानिस पहिला कहिल्यै पनि सत्तामा आएको थिएन ।

त्यस्ता कुनै लेखक छन्, जसको नाम तपाईं गर्वका साथ लिन सक्नुहुन्छ ? के तपाईंले यो उपमहादेशको कुरा गरिरहनु भएको छ ?

विश्वभरि तपाईंका समकालिन ।

मैले सोच्नु पर्छ… थुपै लेखकहरु छन् । कुन नाम लिऊँ त ? मैले लिएका नामहरुलाई मानिसहरु नचिन्न सक्छन् । त्यस्तै नाम मध्येकी एक हुन्– पेग्गी एल. मेर्यस, ग्लोरिया स्टेनम, रोविन मोर्गन । यी सबै महिला अधिकारवादी लेखिका हुन् । यी सबैमाथि मलाई गर्व र घमण्ड छ ।

अन्त्यमा तपाईं र सलमान रुस्दीबीचको तीतो वार्ताको जड के हो ?

म उनको स्वतन्त्रताको सम्मान गर्छु । मैले उनलाई सहयोग गरेँ र उनले पनि मलाई सहयोग गरेका थिए । तर त्यहाँ केही कुराहरु थिए ।कहिले काहीँ उनका व्यवहारहरु महिला मैत्री हँुदैन्थे । कहिलेकाहीँ म उनलाई महिलाप्रति हिंसा गर्नेकै रुपमा पाउछु, जो मलाई मन पर्दैन । म त्यसको विरोध पनि गर्छु । अहिले पनि उनले ट्विटरमा यस्तै महिला विरोधी केही कुराहरु लेखेँ, जुन मलाई मन परेन र विरोध गरेँ । मैले उनको विरोध गर्दा उनी कति ठूला लेखक हुन् भन्ने हेक्का राखी राख्न पर्दैन । यत्ति नै भएको हो । स्रोत: रातोपाटी






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89176
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top