जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
अर्थ / वाणिज्य


वैसाखभर रोयल्टी नबुझाए नेपालका क्यासिनो बन्द


अर्थ / वाणिज्य 102 पटक पढिएको २०७४ बैशाख ०३ आइतवार


वैसाखभर रोयल्टी नबुझाए नेपालका क्यासिनो बन्द


सरकारले सर्वोच्च अदालतबाट अन्तरिम आदेश लिएर सञ्चालनमा आए पनि रोयल्टी नबुझाएका क्यासिनो बन्द गराउने भएको छ ।

२४ चैत ०७३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रोयल्टी बुझाउन बा“की सबै क्यासिनोलाई पत्र पठाई रोयल्टी बुझाउन ३५ दिने अल्टिमेटम दिएको थियो ।

सोही अवधिभित्र रोयल्टी नतिर्ने सबै क्यासिनो प्रहरी प्रशासनको समेत सहयोग लिएर बन्द गराउने तयारी मन्त्रालयको छ । सरकारले क्यासिनो नियमावली २०७० आउनुभन्दा अगाडिको बक्यौता रोयल्टी करिब १ सय अर्ब ३३ करोड रुपैयाँ अझै उठाउन सकेको छैन । त्यसबाहेक चालू आर्थिक वर्ष ०७३÷७४ मा मात्र करिब १२ करोड ६१ लाख रुपैयाँ रोयल्टी क्यासिनोबाट उठाउन बाँकी छ ।

पछिल्लो समय तोकिएको अवधिमा पनि क्यासिनोहरूबाट रोयल्टी नउठे प्रहरी प्रशासनको सहयोगमा बन्द गराइने मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए । क्यासिनोबाट रोयल्टी उठाउने कार्य सरकारका लागि चुनौतीपूर्ण रहेको उनको भनाइ छ ।

क्यासिनोलाई कानुनको दायरामा ल्याउन राजनीतिक दल, प्रशासन तथा सम्पूर्ण सरोकारवालाको सहयोग आवश्यक रहेको उनले बताए । मन्त्रालयले क्यासिनोबाट उठ्न बाँकी थप रोयल्टी तथा बक्यौता रोयल्टी विवरण गत बिहीबार व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिलाई बुझाइसकेको छ ।

सरकार किन उठाउन सक्दैन रोयल्टी ?
रोयल्टी असुलका लागि कडा कानुनको अभाव रहेका कारण व्यवसायीबाट मनपरी भइरहेको पर्यटन मन्त्रालयको ठहर छ । खासगरी हरेक साल आउने आर्थिक ऐनले रोयल्टी रकम असुलउपर गर्न अन्तिम समय सीमा नतोकी शुल्क र थप शुल्कका रूपमा जरिवानाको मात्र व्यवस्था गरेका कारण रोयल्टी नतिर्ने क्यासिनो बन्द गराउन नसकिएको सहसचिव आचार्यले जानकारी दिए ।

अर्कोतर्फ सर्वोच्च अदालतको अन्तरिम आदेशबाट सञ्चालनमा आएका क्यासिनोबाट इजाजत दस्तुर र नवीकरण दस्तुर माग गर्न कानुनी अड्चन रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

१ अर्ब ३३ करोड बक्यौता कहिले उठ्छ ?
सरकारले पुराना बक्यौता नतिर्ने क्यासिनोहरूबाट लगत कसीउपर गर्न कुमारी चोक तथा केन्द्रीय तहसिल कर्यालयमा पठाएको १ अर्ब ३२ करोड ८० लाख रुपैयाँमध्ये अहिलेसम्म एक रुपैयाँ पनि उठाउन सकेको छैन ।

  लगत कसरी असुलउपर गर्न कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाइएका क्यासिनोको चल–अचल सम्पत्ति रोक्का गरी असुलउपर गर्नुपर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालयले गत ३० असारमा लगत कसी विवरण तहसिल कार्यालयलाई पठाएको थियो । स्रोत: नयापत्रिका दैनिक 






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

89166
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top