जिल्ला प्रशासन कार्यालय, रौतहट, दर्ता न ४३/०६८/६९, पान नं. ६०१०२२११९
खेलकुद


राष्ट्रिय स्तरको हकि खेल हेटौडामा


खेलकुद 18 पटक पढिएको २०७३ चैत्र ३१ बिहीवार


 राष्ट्रिय स्तरको हकि खेल हेटौडामा


हकी खेलमा प्रदेशनंम्बर १, २, ३, ४, ७ र बिभागीय नेपाल आर्मी सहितको ६ टिमको सहभागिता हुने जिल्ला खेलकुद बिकास समिति मकवानपुरका सचिब राजन दाहाल खुसराजले जानकारी दिए ।

मकवानपुरमा राष्ट्रिय स्तरको हकि खेल आउँदो बैशाख १० गते देखि हेटौडामा हुने भएको छ । राष्ट्रिय खेलकुदको पुर्ब सन्ध्यामा मकवानपुरको खेल क्षेत्रलाई सहयोग गर्ने उदेश्यले आइतवार हकी टिमलाई हकी ब्याट प्रदान गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला खेलकुद विकास समिति मकवानपुरमा हकि खेलाडीको टिमलाई ब्याट बितरण गरिएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बसन्तकुमार लामाले ११ थान ब्याट मकवानपुरका महिला हकि टोलिलाई प्रदान गरेको हो । ब्याट प्रदान गर्दै उनले खेलक्षेत्रमा लाग्ने मानिस कहिले पनि नबिग्रने भन्दै यस जिल्लाका युवाहरु लागूऔषधमा बढी लागेको बताए । उनिहरुलाई सुधार गर्नका लागि आफुले सक्दो सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे । खेलाडीहरुलाई खेलक्षेत्र संगै पढाईलाई पनि अगाढी बढाउनका लागि एसपी लामाले आग्रह गरे । ४० हजार रुपैँयाको लागतमा खरिद गरिएको ब्याट हकि विकासको लागि सहयोग गरेको उनले बताए । कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, नेपाल खेलकुद महासंघका केन्द्रीय सचिवालय सदस्य मनोज शर्मा, जिल्ला हकी संघका अध्यक्ष प्रतापसिंह क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।






कमेन्टसहरु



ताजा समाचार


धेरैले पढेको

87396
Times Visited.

Rajdevi Dainik
Gaur-8, Rautahat, NepalTel: 977 -55-521459, 9855044536 ,9855040229
http://www.rajdevidainik.com.np, Email: dainikrajdevi6@gmail.com
Copyright © 2015, All Rights Reserved !
Powered by :
Top